…✍️
रातभरको आराम~तकिया हुन बुवा !!
घरकोमुख्य पिल्लर बलिया हुन बुवा !!
शीरमा कर्तव्यको बोझ बोकि हिड्छन
जिम्मेवारी ~बोक्ने भरिया हुन बुवा !!
जस्को कारणले~~घर व्यबहार चल्छ
आम्दानीको स्रोत~रुपिया हुन बुवा !!
जस्को उपस्तिथिमा परिवार पुर्ण हुन्छ
परिवारको सहारा दुनिया हुन बुवा !!🙏
👆️
समय, दुरी र चुनौतीहरुलाई पार गर्दै ,
पाकालाई आफ्नै गाउँ फर्काउदो रैछ !
सम्झी सम्झी खोज्दै जादा सोध्दै जादा
बाआमा परिवार सारा भेटाउदो रैछ !!
'आमा त मैले चिन्दै चिनेन नि आमा '
शब्द-शब्दले आँखा रसाउदो रैछ,रुवाउदो रैछ !!🙏
…✍️✍️
मथुराको कारागारमा जन्मेको थियो
भाद्र महिना अष्टमी रात परेको थियो
पहरेदार हरू निन्द्रामा झुलेको थियो
तालाहरु कारागारको खुलेको थियो
आधी ,तुफान भारी बर्षाका बीचमा
यमुनाजीले बिशाल रुपधरेको थियो
शीरमा टोकरी , टोकरीमा श्री कृष्ण
बोकेर बाबा बासुदेवले गोकुल लगेको थियो !!🙏
✍️
घमण्ड थियो , आपसमा दुरी थियो !!
धनी तर मन'को साह्रो निष्ठुरी थियो !!
शब्दरुपि वाणहरु यसरी चल्ने गर्थ्थो
हेपाई मा जिउनु पर्ने मजबुरी थियो !!
म सदैव~चुपचापका साथ बस्ने गर्थे
उसमा बलबुद्धिको चुरीफुरी थियो !!
सदैव चोट मैले नै सहनु पर्ने अवस्था
म संग अचानो, ऊ संग छुरी थियो !!🙏
✍️
आमानै श्रृष्टि,जीवनको द्वार आमा !!
घरको रक्षक , शोभा श्रृंङ्गार आमा !!
आमा बिना शुन्य शुन्य हुन्छ जिन्दगी
जिवन जिउने मुख्य आधार आमा !!
दुखको पहाड फोडी सुखको बर्षात्
घर , परिवारको पालनहार आमा !!
भगवान र आमा दुबै उस्तै उस्तै हुन
हुन् स्रोत शक्तिको भणडार आमा !!
#मातातिर्थ_औसी
💖…✍️
आमा,आमा हुन्छिन्, गुण नभुल्नु !!
जन्म लिदा बगेको खुन नभुल्नु !!
दिनरात दुख गरी कमाई ल्याएको
दाल , चामल , तेल , नुन नभुल्नु !!
ठुलो गहना आफ्नो सन्तान सम्झि
बेचेको त्यो कानको सुन नभुल्नु !!
मानव रुपि भगवान हुन्छिन् आमा
आशिष लिनु , पाउ छुन नभुल्नु !!
#मातातिर्थ_औशी🙏
•••✍️✍️
हैसियत प्रतिस्पर्धा गर्ने यस्तो बानी गर्छन् !!
अनौठो अनि अचम्म को क'हानी गर्छन् !!
साथी भाई आफन्त जम्मा हुन्छन् फुर्सदमा,
जाँडरक्सी र जुवा तास, मनोमानी गर्छन् !!
हुने घोडा चढ्छन्|नहुने धुरी चड्न खोज्छन्
देखासीको आगोमा जली खरानी हुन्छन् !!🙏
🫳…✍️✍️
साल फेरियो अनि📅पात्रो फेरियो हाल उस्तै छ !!
जिन्दगीले दिएको बिना उत्तरको सवाल उस्तै छ !!
बाध्यताले थिचेर साहू कहाँ घरखेत धितो राखियो
कहिले तोड्न नसकिने ऋणकाे पर्खाल उस्तै छ !!
समयले भारी बोकायो,बोझिलो जिम्मेवारी शीरमा
आज खाए भोलि के खाउ ? अनिकाल उस्तै छ !!🙏
…✍️✍️
अन्तिम विकल्प थियो, आशा देखायो
शेतु बनाउन समुन्द्र देवले सिकायो !!
अन्जानमै पाएको सराप बरदान बन्दै,
नल निल द्वारा सारा शिला तैरायो !!
बल र बुद्धिको अनुपम संगम हनुमान
रामको नाम लेखि शिला जोडायो !!
राम शेतु बनायो , सागर पार लगायो
भक्ती र शक्ति राम नामको बतायो !!🙏
✍️
आँखाभरी अश्रुधारा टिलपिल हुन्छ !!
क्षण क्षणमा रोइ रहने यो दिल हुन्छ !!
बिदेश~नजानुको~बिकल्पै भेटिन्दैन
भबिष्य खोजी अन्तिम मँजिल हुन्छ !!
छुट्ने बेला अङ्गालोमा रुन्छिन् आमा
अन्तिम समय छुटिन मुस्किल हुन्छ !!
समयले प्रश्न गर्छ- छोडेउ जन्मभुमी?
यात्रा जिन्दगीको झन जटिल हुन्छ !!
…✍️✍️
सानो हुँदा देखिनै लेखपढ गर्न छोड्नु पर्यो !!
हात मुख जोड्न ढुङ्गा , पत्थर फोड्नु पर्यो !!
खुशी, सम्पन्नता मेरो भाग्यमा नलेखिएपछि ,
दु;ख र गरिबी संग मैले नाता जोड्नु पर्यो !!
जिन्दगीको उतारचढावमा हुरीबतास आउँदा
देश छाडी बिदेश तर्फ पाइला मोड्नु पर्यो !!🙏
✍️
स्वार्थी मानिस हरुको भेला जिन्दगी
सत्य लुकाई झुटको मेला जिन्दगी
समयलेनै सिकाउछ दु:ख संग लाड्न
सिक्ने सिकाउने गुरु चेला जिन्दगी
सुखमा माया गर्छन् अघिपछि घुम्छन्
दुखमा घृणा,तिरस्कार, हेला जिन्दगी
कर्ममा हुन्छ भाग्य निर्माणको ताल्चा
मौका समय चिन्दैन्न,अबेला जिन्दगी 🙏
✍️
एकसाथ दुई~तिन्टा GF आटी दिन्थे
एउटै मन धेरै केटी सँग💕साटी दिन्थे
दुनियाँले थाहा पत्तो पनि पाउन्न थियो
म भमरा सारा फुलको रस चाटी दिन्थे
कहिले काहीँ घर परिवार साथमा हुँदा
फोन आउँदा GFको सिधै काटी दिन्थे
कस्को फोन भनी सोध्दा घरपरिवारले
रंग नम्बर रैछ भनेर सधै ढाटी दिन्थे !!🤫