राजधानीका आधा दर्जन ठाउँमा 'गाली कारखाना' चलाएर 'निन्दा'को व्यापार गरेका पात्र आज 'मैले गाली खाएँ' भन्दै रोइलो गर्न थालेछन् ।
एक पटक उहाँकै सेनामेनाहरूले गरेका गालीको 'श्लीलता' जाँच गरौँ त । कसले कसलाई बढी गाली गरेको रहेछ भन्ने प्रष्टै थाहा हुन्छ ।
भृकुटीमण्डपको परेडबाट घोषित तथाकथित केन्द्रीय समितिमा कस्ता अनेवार छन् थाहा भएकै कुरा हो ।
त्यसमा पनि दशौँ दिनसम्म राजीनाम अस्वीकृत गराउने पक्कापक्की वचनबद्धता लिएर दिइएको घण्टे राजीनामाका आधारमा नैतिकताको मूल्य कसरी निर्धारण गरूँ!?
#nepalicongress
नैतिकताको प्रश्न अरूलाई लाग्छ, उहाँलाई लाग्दैन भन्नु पनि कुनै तर्क हो !
मान्छे नै रहन दिनुस् हौ, भगवान् नबनाउनुस् ।
डे फर्स्टमै नैतिकता प्रदर्शन गरेको भए उहाँकै वाहवाही भइरहेको हुन्थ्यो । त्यसपछि सायद उहाँको जग झन् बलियो बन्थ्यो ।
मान्छेलाई ‘चने की झाङ’मा धेरै नचढाउनुस् बाबै ।
नेपालको लोकतान्त्रिक समाजवादी पार्टीका रूपमा पहिचान बनाएको नेपाली कांग्रेसमा अहिले भीडतन्त्र हावी भएकोछ ।नेता विमलेन्द्र निधिमाथि भएको हुल-हुज्जत त्यसैको उदाहरण हो ।कलिलो उमेरदेखि प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएका विमलेन्द्रको प्रतिभासंग परिचित वीपी कोइरालाले २०३६ सालमा नेपाल बिद्यार्थी संघको सभापति रोज्नु भएको थियो । विमलेन्द्र निरन्तर राजनीतिमा हुनुहुन्छ । लोकतन्त्रका पक्षमा उहाँको संघर्ष निरन्तर छ ।विमलेन्द्रको लोकतान्त्रिक निष्ठामा कसैले औंला उठाउन सक्दैन ।
यो आक्रमणले विमलेन्द्रलाई अझ दृढ वनाएकोछ !
कांग्रेसमा फस्टाउँदै ‘निन्दावाद’ !
निन्दात्मक चेतले अभिसप्तले निम्त्याउने दुर्घटना मात्रै हो।
सन्निकट भूकम्पले क्षतविक्षत कांग्रेसी चोइटा बटुल्न पर्खिरहेको पनि देखिएकै छ। ज्वाला बनेर दन्किरहेकाहरू पछि कोइलामा परिणत भई पुर्पुरो समाइरहेको देख्ने दिन नजिक छ।
#NepaliCongress
निकै लामो समयसम्म नेपाली कांग्रेसका सभापति रहनु भएका सन्त नेता कृष्णप्रसाद भट्टराई भन्ने गर्नुहुन्थ्यो - कांग्रेसमा झगडा होइन, ‘रगडा’ हुन्छ । झगडा त मिलाउन सकिन्छ, रगडा कसरी मिलाउनु ?
जनताले नयाँ शक्ति एकजुट भएको हेर्न चाहेको बताउँदै उनले अहंकार त्यागेर साझा उद्देश्यका निम्ति एकताबद्ध हुनुपर्नेमा जोड दिए।
#NagarikNews#kulmanghising
https://t.co/nkwCo36B33
जलेको सर्वोच्चले आजदेखुन् संसद् विघटनविरुद्धको रिटमा सुनुवाइ सुरू गर्दैछ। पेचिलो यो कालघडीमा सर्वोच्च भीड हेर्ला कि संविधान? ऐतिहासिक कठघराबाट यो प्रश्न उठिरहेछ।
#SupremeCourt
अवस्था हेर्दा सरकार एकातिर र मूलतः प्रहरी अर्कैतिर हुने देखियो। अराजकताले देशलाई कहीँ पुर्याउन्न/भड्खालोमै जाँक्छ’ भन्ने प्रयोग नेपालमा हुँदैछ। त्यसैले तमाम कमजोरीका बाबजुत पनि लोकतन्त्र र विधिको शासन नै अब्बल राज्य व्यवस्था हो। लोकतन्त्रमा देरी जरुरी होला, अन्धेर हुन्न।
‘महासंघ सामाजिक सञ्जाल नियमनको पक्षमा छ। तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापि स्वीकार गर्दैन,’ विज्ञप्तिमा भनिएको छ।
#NagarikNews
https://t.co/p6x2X4H9UF
रुससँग नेपालको जल्दोबल्दो सरोकार रुसी सेनामा अवैध नेपालीको हो। त्यहाँ सम्पर्कविहीन भएका, ज्यान गुमाएका सयौं नेपालीको श्वास, लास र परिपूरणको हो।
तर, प्रमले रुसी राष्ट्रपति पुटिनसँगको भेटमा त्यो कुरा उठाए कि उठाएनन्? कसैले प्रश्न सोध्दैन त! कि राष्ट्रवादमा यो विषय नपर्ने हो?