मुक्तक
जातीले होइन साथी मान्छे त कर्म ले चिनिन्छ..!!
सुन्दर बिचार,आदार सम्मान सर्म ले चिनिन्छ..!!
कसैलाइ पीडा पर्दा रमाउने मान्छे नि के मान्छे..,,
दुख,सुख,हासो,खुसी बुजिदिने मर्म ले चिनिन्छ..!!
गजल
फल र फुल मा अलि फरक छ..!!
नदि र मुल मा अलि फरक छ..!!
हो सजाय तिमिले नि पाउनु पर्छ,,
गल्ती र भुल मा अलि फरक छ..!!
भेद,भाब गर्ने मान्छे कैलै बुज्दैन,,
जाती र कुल मा अलि फरक छ..!!
मेरो लक्ष्य यो नदि पार गर्नु हो,,
डुंगा र पुल मा अलि फरक छ..!!
भेट्ने मिति सधै भोलि भन्दै सार्यौ र त रोए म!!
भोलि कुर्दै गय म, भोलि मै टार्यौ र त रोए म!!
प्रेम को यात्रा लाई मिलेर पूरा गर्नु पर्छ भन्थ्यौ,,
बिच बाटो मा लगेर एक्लै छार्यौ र त रोए म!!
मेरो मुटु मा तिमी छौ कसैलाइ राख्दिन्न भन्नेले,,
एक्कासि काडे तार लगायर बार्यौ र त रोए म!!
Anu
मुक्तक
सधै लाइ आउने यो दिन,रात नया,नया लाग्छ!!
हरेक पल गर्छु तिमिलाइ याद नया,नया लाग्छ!!
जब डुब्छु तिम्रो याद मा शब्दहरु धेरै आउछन,,
सधै लेख्छु गजल,मुक्तक संवाद नया,नया लाग्छ!!
कवि बिश्वकर्मा कबु
आफ्नो नामको अगाडि डा.थप्न गएको छोरो ,फर्केर आउँदा स्व. थपेर आउला भन्ने कुन बाबुआमाले सोचेका थिए होला र ?
मृतक प्रती हार्दिक श्रद्धाञ्जली तथा घाईतेप्रती शिघ्र स्वास्थ्य लाभको कामना ..!!!
@kpsharmaoli जस्लाइ आफ्नो परिचय थाहा छैन उनिहरु नै अरुको परिचय खोज्दै हिड्छन। राधा लाई बोक्सी को आरोप लगाएर कुटपिट गर्ने चाइ को परिचय के रैछ ?? उनिहरुले एउटा राक्षस को ब्यबहार गरेका छन उनिहरु लाई सरकार ले सजाय दिनुनै पर्छ।सरकार माथी बिस्वास छ हाम्रो बिस्वास सरकार ले नतोडोस।अनुरोध छ।