अचेल गाऊँका केटीकेटी फुर्सदमा छन्। शहरमा जस्तो न घरमा कम्प्युटर र अनलाइन क्लास। गोठमा काम गर्दै आएकि यी महिलाका यी नातीहरु यहीं हुर्के। पढाइबाट फूर्सदको बेला गोठ, बारीमा सघाउँछन्। शहरका केहि निजी स्कुलकाले मात्र अनलाइन पढे पुग्ने यो कस्तो शिक्षा प्रणाली ... गाऊँकाले के गर्ने?
संकट र संवेदनाको यस कठिन घडीमा पक्ष विपक्षको राजनीति गर्नु अत्यन्त भयावह हुन सक्छ । आम नागरिकको जीवन रक्षा र जिविकाका लागि देश भित्रका सबै पक्ष मिलेर एकजुट भई अघि बढ्ने बेला आइसकेको छ । कसैलाई निषेध गरेर अघि बढ्न खोज्नु अन्यथा हुन सक्ने कुरा समय र परिवेशले दर्शाई सकेको अवस्था हो।