जातीय विभेद कुनै परम्परा होइन, यो आज पनि बाँचिरहेका मानिसको पीडा हो र यो पीडालाई देखेर मौन बस्नु पनि एक प्रकारको स्वीकारोक्ति हो । त्यसैले आजको दिनमा संकल्प गरौँ, विभेद जहाँ देखिन्छ, त्यहीँ आवाज उठाऔ । आफ्नै सोचबाट परिवर्तन सुरु गरौ र समाजलाई समानता र मानवताको बाटोमा अघि बढाऔ ।