विद्यालय गइरहेकी छे
एउटी सानी केटी
तुइनमा उल्टो झुण्डिएर
उल्टो झुण्ड्याएको छ
यस देशले
ती निरीह केटीलाई
र, घोकाइरहेछ इतिहास
‘नेपालीहरू वीर छन्’
जब डाडाँले नै छेकिदिन्छ
थाहा हुँदैन खोँचमा
कहाँ छ देश ?
मध्यान्हमै अस्त हुन्छ जहाँ
पक्षपाती एकपाखे घाम
……
केशव सिलवाल
डबल डाक्टरको छायाँले मिस्टर डाक्टर निकै ठण्डा भएछन् क्यारे¬
विभाजित दल, समाज र देश होइन एकता जोगिनु पर्छ
पद, प्रतिष्ठा र अंहकारका पर्खालहरु सर्वत्र तोडिनु पर्छ
विगतमा हिँडेका पाइलाका डोबहरु गम्भीररुपमा खोजिनु पर्छ
आफ्नै सिर्जना र कोरेको बाटो ठण्डा दिमागले बुझिनु पर्छ ।
टाउकोमा सय टाँका
खुस्काइएको मेरुदण्ड
भाँचिएको खुट्टा
म पेन किलरले बाँचिरहेछु
शासकले यति दया देखाए
कि म पेन किलरले बाचूँ
धन्न तिनले मलाई पेन किलरसम्म दिए
आभारी यसै छु कि
म तिनीहरूको दुर्गति हेर्न बाँचिरहेछु ।
वर्षौंदेखि घोकिरहेका छौँ
जोसुकैले पढ्न नसक्ने
यो दुःखको वर्णमाला
त्यति सहज हुँदैन
दुःखका अक्षरहरु पढ्न
बाहिरजस्तो देखिए पनि
अर्कै हुन्छन् भित्रका अक्षरहरु
हिमाल र पहाडका अक्षरहरु पढ्न
आफैँ हिमाल र पहाड बन्नुपर्छ
बगर र नदीका अक्षरहरु पढ्न
आफैँ बगर र नदी बन्नुपर्छ
•केशव सिलवाल
देशको विकास हेर्ने भए मेरो गाउँ लेले आउनू, नजिकै छ। १०औँ वर्षदेखि सडकभरि भैंसी खेल्ने आहाल छन्। ओलीले कुरा उठाएको ढुङ्गा खानी हाम्रै गाउँमा छ। सानो गाउँमा ढुङ्गा गिट्टी बोक्ने टिपर मात्रै दैनिक तीन/चार सय चल्छन्। सबै मिलोमतो। स्थानीय निकाय, नेता, प्रहरी र माथि माथि? कसले रोक्ने?
हिजाे कुहेकाे अण्डा कुनै पनि जुक्तिले सद्दे हुँदैन भनी रटना गर्ने माधव गुटका मझाैला कमरेडहरूले आज ओली सरलाई सच्याउन गर्नुसम्म अनुनय,चाकरी र पाउलगी गरे।प्रत्युत्तरमा नाकअगाडि भन्केकाे झिँगाेभन्दा पर नदख्ने यी कमरेडका शिरमा ओली सरले मूत्रवर्षा गरिदिए।तथापि "हाम्राे एकता जारी छ"?
न हामीलाई कोभिडले छुन्छ न त सांस्कृतिक रुपान्तरणले । कम्युनिष्ट पार्टी गठन भएको सत्तरी वर्ष भयो । नेतृत्व र आन्दोलन अनेकौँ भए । यताको घुइँचो थामिनसक्नुको छ ।
नेपालमा सबैभन्दा घीनलाग्दो के हो ?
कसैलाई सोध्यो भने त्यसको उत्तर सबैलाई थाहा हुन्छ ।
दलका गतिविधि कति घीनलाग्दो भाको । सुन्न, हेर्न र थाहा पाउन मनै खाँदैन । वाक्क लाग्दो । छिः ।
छोटिँदै गएको आयु
बेलुकी एक्लै दुक्लै हिँडेका चेलीको लुगा तानेर
तिनको छातीमा दाँत गाड्दै
योनीमा रड कोचेर
नदी किनारमा उदाङ्ग पल्टिरहन सक्दैन यो व्यवस्था
अस्पतालबाट निकै दूर सुत्केरी हुन नसकी मरेकी आइमाइको
दूधका लाम्टा चुसेर आफ्नो आँत शीतल बनाइरहन सक्दैन यो व्यवस्था ।
दार्जिलिङमा भानुभक्तलाई भेट्नु पर्याे भनेर चाेकमा उक्लेकाे, बाजे त हातमा बधुशिक्षा हाे कि रामायण च्यापेर अाधुनिक बधुकाे नृत्यमा रमाइरहेका थिए । गीतकाे बाेल थियाे- चाेली के पिछे क्या हे, चुनरी निचे क्या हे । हैट । अन्त छक्क परियाे नि हाउ । कवि मुक्तान थेवा चाहिँ खुलिबिन्दाङ ।