जापानको जस्तो प्रधानमन्त्रीको माग गर्ने हामीमा अनुशासन कति छ? त्यो संस्कृतिको रक्षा गर्नेहरूबाट थाहा हुन्छ। ठूलो कुरा हामी कुन धर्मको मान्यता हिड्दै छौं अनि यसमा दोष शिक्षा प्रणाली हो कि धर्म र मान्यता सिकाउने समाजको सोच्नु जरुरी छ।
स्कुलले जीवनका आदर्श र अनुशासन सिकाउँला तर त्यही स्कुल भएको समाजले बेइमानी र लाचारको चरम सिमाको प्रयोगात्मक देखाइदिन्छ, अनि त्यही समाज सभ्यताको चरम सन्तुष्टिको अपेक्षा गर्छ।