गणतन्त्र दिवसको शुभकामना !
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्र्थापनाका लागि भएका ऐतिहासिक जन—आन्दोलनहरूमा देशका असंख्य वीर सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गर्नुभएको छ । आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति गणतन्त्र दिवसको यस पावन अवसरमा म उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाली जनताको अभूतपूर्व त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलता पश्चात नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारद्वारा संविधानसभाको निर्वाचन सम्पन्न भयो । तत्पश्चात् वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको थियो । यही ऐतिहासिक उपलब्धिको स्मरणमा हामी हरेक वर्ष जेठ १५ लाई गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।
नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिन्छ । नेपाली जनताको त्याग, बलिदान र समर्पणबाट प्राप्त यस ऐतिहासिक उपलब्धिको रक्षा र सुदृढीकरणका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउँदै लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माण गर्ने साझा यात्रामा यो गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।
अन्त्यमा, गणतन्त्र दिवसको यस गौरवपूर्ण अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।
पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।
पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।
अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ।
जय नेपाल!
ढोकामा बीपीको फोटो राखेर दाइ-भाउजूले कोठामा चलाएको असुली धन्दा अन्तत हारेछ। गज्जब भएछ। रूख सानै भए पनि अब पालुवा पलाओस् र हुर्कियोस्! एउटा संघीय सरकारमा नभए पनि ४सय हाराहारीको सरकारमा आफ्नो सुधार देखाओस्! नसुध्री अब त सुख्खै छैन। अझ पनि ल्याङल्याङ हो भने दललाई पशुपतीमा सेलाओस्!🙏
मिडनाइट ट्वीट
अरु जे भए पनि मेरा समकालीन नेताहरूमा गगन थापा @thapagk मा राजनीतिक चेत छ। म गगन, रवि, योगेशको समकालीन हुँ भन्दा गर्व गर्छु।
कपन आउँदा मसँग भेट नगरि जाँदैनन् । चुनाव नतिजा लगत्तै मलाई प्राप्त सन्देश सामाजिक सञ्जालमा त लेख्दिन।
हजार गाली खान तयार भएरै सर्वोच्चको आजको फैसलापछि बधाईसहित यो तस्बिर शेयर गर्दैछु। तस्बिर केही वर्षअघि तोपचराको गुँड कपनमा
कांग्रेसको टिकट बढाई ले @thapagk को प्रश्न मर्दैन भन्ने अभिव्यक्ति ले साच्चिकै ब्यबहारमा सार्थकता पायको देखियो त ! सहि नेतृत्वले समभाव राख्छ ! जयनेपाल !
संगत राम्रो थियन त्यसैले सम्बन्ध पनि राम्रो थियन दाजु अब संगत फेरियको छ अब प्रष्ट भएर जनताको सामु जानु होला र जनताले यो सम्मानित मुस्कानलाइ कहिल्य पनि अपमान गर्न नपरोस भन्ने विश्वस्त पारेर विजय हुनुहोस् शुभकामना शुभकामना शुभकामना !@RamhariKhatiwa
देशको प्राकृतिक साधन, श्रोतको उचित उपयोग र राष्ट्रिय हितकोलागी नीतिगत सुधारका विषयमा महत्वपूर्ण छलफल l @WWFNepal समयकोलागि धेरै धेरै धन्यबाद श्री घनश्याम गुरुङ (पी.एच.डी ) ज्युलाई 🙏
बा को घर नत्यागी बिद्या प्राप्त गर्न सकिन्न है ! किनकि तानाशाह बा ले छोराछोरी विद्वान भए आफ्नु मान घट्छ भन्ने पुरातनबादी सोचले गर्दा बिद्या को विषयलाइ गृह प्रवेशमै रोक लगाछन है हजुर ! जदौ !
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित 'जलवायु परिवर्तन, कार्बन वित्त र पेरिस सम्झौता' विषयक छलफल भयो।