⚠️ पृथ्वीबाट हेर्दा सबभन्दा चम्किलो (सूर्यलाई छोडेर) देखिने ताराको नाम सिरियस (Sirius) हो । यसलाई कुकुरतारा (Dog Star) पनि भनिन्छ । वास्तवमा यो सूर्यभन्दा पनि १२ गुणा बढी चम्किलो तारा हो।
मुख्यत: तीनप्रकारका वर्षहरू प्रचलित छन्, चन्द्रवर्ष, सामान्य वर्ष र जुलियन वर्ष ।
सामान्य वर्ष ३६५ दिनको हुन्छ ।
चन्द्रवर्ष ३५४ दिनको र
जुलियन वर्ष ३६५ १/४ दिनको मानिन्छ ।
🙏
संसारको सबैभन्दा ठूलो शब्दकोश अक्सफोर्ड इङ्गिलस डिक्सनेरी (Oxford English Dictionary) हो । १२ भागमा प्रकाशित यो शब्दकोशमा १५४८७भन्दा पनि बढी पेजहरू छन् ।
✅संसारका धेरैजसो देशहरूमा प्रचलित एकैप्रकारको अन्धविश्वासमा १३ अङ्कलाई अशुभ मान्ने गरिएको छ । यसको अन्धविश्वास यति धेरै व्याप्त छ कि कतिपय प्रतिष्ठित होटल, स्कुल, कलेज आदिमा Room No.13नराखी १२पछि १४ लेखिएको देख्न सकिन्छ ।तर यही १३सङ्ख्यालाई इटालीमा भाग्यसूचक अङ्कका रूपमा लिइन्छ
😂 संसारका धेरैजसो देश अर्थात समुदायमा आँगरी जिब्रो देखाउनु अरूलाई चिढाएको अथवा अपमान गरेका हुन्छ । तर तिब्बतमा अतिथिको सम्मान जिब्रोबाहिर निकाली देखाएर गरिन्छ ।
⭐ हामीले हेर्दा ताराहरू टिमटिम गरी चम्किरहेका हुन्छन् । वास्तवमा ताराहरू हामीले हेर्दा जस्तो गरी कहिले बढी र कहिले कम प्रकाश दिइरहेको हुँदैनन् । पृथ्वीको वातावरणका प्रभावले टिमटिमाएको देखिए पनि वातावरण बाहिर अन्तरिक्षबाट टेलिस्कोपद्वारा हेर्दा स्थिर प्रकाश देख्न सकिन्छ ।
▶️जसले धनलाई सही तरिकाले प्रयोग गर्छ, त्यो धनी हुन्छ।
▶️धनले मान्छेलाई सुख दिन्छ, तर धर्मले मोक्ष दिन्छ।
▶️जसले आफ्नो कामलाई माया गर्छ, त्यो कहिल्यै असफल हुँदैन।
👉चाणक्य
🙏 संसारको सर्वश्रेष्ठ मानिएको कलाकृति मोनालिसा आजकल पेरिसको लोभ्र सङ्ग्रहालयमा राखिएको छ । यसको मूल्य हालका समयमा १०,००,००,००० (दश करोड) डलर अनुमान गरिएको छ ।
मानिसलाई आफ्नो योग्यता र कुशलता थाहा हुनु पर्छ। योग्यताले नभ्याउने काम गर्नु हुन्न ।
आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।
👉चाणक्य
🙏 सबभन्दा ठूलो अन्डा झन्डै १.५ किलो (अस्ट्रिचको) हुन्छ भने सबभन्दा सानो अन्डा भर्भेन (Vervain) नामक हमिङ्बर्डको जम्मा ३७५ मिलिग्राम तौलको हुन्छ । भर्भेन नामक हमिङ्गबर्डको ४००० अन्डाको तौल बराबर अस्ट्रिच नामक चराको १ अन्डाको तौल हुन्छ ।