यस त्रुटिका कारण लाइसेन्स लिइसकेका हजारौँ सेवाग्राहीको नाम, लाइसेन्स नम्बर, मोबाइल नम्बरजस्ता संवेदनशील व्यक्तिगत विवरण जोकोहीले सहजै हेर्न मिल्ने अवस्था सिर्जना भएको छ । https://t.co/Zx6AYfRTUp
दाबी गरिएजस्तो देवराज घिमिरे महाकाली सन्धिमा हस्ताक्षर गर्ने 'सरकारी हस्ताक्षरकर्ता' होइनन् । तर, तत्कालीन नेकपा एमालेभित्र महाकाली सन्धिलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा भएको मतदानमा निर्णायक मत दिएर सन्धिको पक्षमा पार्टीलाई उभ्याउने निर्णायक व्यक्ति भने उनै हुन् ।
https://t.co/GQ3BbYYBzM
टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धान अनुसार दैलेखको जलजले क्षेत्रमा ‘१ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास’ रहेको कुरा पुष्टि भएको होइन । बरु चिनियाँ सरकारी निकाय ‘चाइना जिओलोजिकल सर्भे’ ले तयार पारेको प्रारम्भिक अन्वेषण प्रतिवेदनमा यति मात्रा हुन सक्ने अनुमान मात्र गरिएको थियो । पछि विस्तृत प्रतिवेदनको जानकारी दिने क्रममा उक्त परिमाण घटेर करिब ८० अर्ब ७० करोड घनमिटर हुनसक्ने सङ्केत गरिएको छ । तर यो पनि अन्तिम रूपमा पुष्टि भइसकेको छैन ।https://t.co/SP3saPdrw9
‘याद गर्नुपर्छ- सोसल मिडिया बन्द गर्ने सूत्रधार यही मन्त्रालय नै थियो । तपाईँहरूको स्वरलाई रोक्ने, इन्टरनेटलाई अनलाइन-अफलाइन गर्ने शक्ति यहीसँग छ ।’ लेख: https://t.co/bo0hpPo8cm