आजका दुई ऐतिहासिक निर्णय:
गज्जब, गज्जब, गज्जब!
-- सर्वोच्च अदालतको संवैधानिक इजलासले निजामती कर्मचारी तथा शिक्षकहरूको ट्रेड युनियन खारेज गर्ने "सरकारको निर्णय" कार्यान्वयनका लागि बाटो खोलेको छ।
-- ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग)को प्रतिवेदन, २०५२लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ।
All credit goes to PM @ShahBalen! तत्काल कार्यान्वयन होस्!
पत्रकारिता क्षेत्रबाट राजनीतिमा आएका जगदीश खरेलले संसदमा यति हलुकासंग गरेको यो चोथाले टिप्पणीप्रति खेद प्रकट गर्दछु। पत्रकारिता आजीवन प्रतिपक्ष पेशा हो त्यसैले यसलाई चौथो अंग भनिएको हो, ताकी राज्यका बाँकी तीन अंगको कथंकदाचित मिलिभगत भइहालेमा स्वेच्छाचारी हुनबाट रोकोस् भनेर ! त्यसैगरी 'संसद' प्रतिपक्षको हो ताकी सरकार स्वेच्छाचारी हुँदा खबरदारी गर्ने थलो जीवित होस् भनेर ! यी खरेलले पत्रकार हुँदा यत्ति पनि सिकेनछन्? मैले ट्युसन पढाइ दिनुपर्ने हो यिन्लाई अब?
जननेता मदन भण्डारी
२६ बर्षमा- संस्थापक केन्द्रीय कमिटी सदस्य, नेकपा (माले)
३७ बर्षमा- महासचिव, नेकपा (माले)
३९ बर्षमा- सांसद (प्रमलाई हराएर)
४० बर्षमा- जबज प्रतिपादन/ महासचिव, नेकपा (एमाले)
४१ बर्षमा- निधन
My latest piece:
बहुदलकालमा धेरै कुराहरू बिग्रिए। तर यी ३४ वर्षमा नबिग्रिएका दुई महत्त्वपूर्ण कुरा हुन् — प्रधानसेनापति र प्रधानन्यायाधीशको नियुक्ति।
यति वर्षपछि आएर त्यसलाई नबिगारौं।
अनि यो बिगारेको श्रेय लिन रास्वपा अग्रसर नहोस्।
***
https://t.co/sk8d84KzIZ
अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार हो । कुन बेला कस्तो अध्यादेश ल्याउने वा नल्याउने भन्ने कुरा सरकारको विवेकमा भर पर्दछ र त्यसको जस/अपजस पनि सरकारले लिनुपर्छ । असंवैधानिक नभए पनि बोलाएको संसद् रोकेर अध्यादेश ल्याउनु आफैँमा शोभनीय छैन । यसका लागि सरकारको राजनीतिक आलोचना गर्नुपर्छ र भइरहेको पनि छ । तर, कुनै पनि बाहनामा आलंकारिक राष्ट्रपतिलाई अध्यादेश रोक्ने अधिकार रहन्न र त्यसका लागि उकास्नु पनि हुन्न । अन्यथा, हुँदै नभएको अधिकारको प्रयोग गर्दा विगतका राष्ट्रपतिहरुकै नियति दोहोरिन्छ ।
मतपेटिका ओसार्न सेना, सुकुमबासी हटाउन सेना, सुकुमबासीको लगत संकलन गर्न सेना, अब यो सरकार जननिर्वाचित सरकार हो कि होइन भन्ने सोध्न मन लाग्यो ! लिपुलेक लिम्पियाधुरा र कालापानी महाकालीमा देखिनु पर्ने सेना कता हौ यस्तो ?