नेपाल सरकारलाई सुझाव छ, उद्दार कार्य जारी राखी दीर्घकालीन बसोबासका लागि Land Pulling गरि सबैलाई सुरक्षित बसोबासको योजना तुरुन्तै शुरुआत गरौं। अब योजना बनाउद भुकम्प प्रतिरोधात्मक र वातावरणीय मुल्यांकन गरि निर्माण कार्य गरौं । जय नेपाल
सुकुम्वासी सम्बन्धमा
शुरुआत त गर्नै पर्छ कसै न कसैले शुरुआत जहाँबाट गरे पनि दीर्घकालीन समाधान चाहिन गर्नै पर्छ। अन्डा पहिले कि ! चल्ला पहिले भन्ने विवाद गर्नु चाहिन व्यार्थ हुन । जे होस फेरि हटाउनु पर्ने गरि कार्य चाहिन नहोस् ।
जय नेपाल
Samba had then received treatment at Aspetar in 2021 and returned home in February 2022. “Last time, under the initiative of the ANFA [All Nepal Football Association] leadership, all arrangements and support for my treatment had been made,” Samba said.
एकताबद्ध भएर अघि बढ्न सबैमा हार्दिक अपील।
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं।
यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो।
यसले स्थापित गरेको छ - पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।
विशेष महाधिवेशनमा सहभागी हुनुभएका-नहुनुभएका, सहमत हुनुभएका-नहुनुभएका सबै नेपाली कांग्रेसमा आवद्ध टोलदेखि केन्द्रसम्म, देश विदेशमा रहनु भएका सम्पूर्ण अग्रज तथा साथीहरूलाई आग्रह गर्न चाहान्छु - यो विधि विधानले प्रधानता पाएको हो, जय पराजयको विषय होइन - कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं। विश्वास र भरोसा राख्नुहोस्; अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ। अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ।
यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रुपमा लिई पुर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौं।
आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुनेछैन, लाग्नेछैन - जिम्मेवारी फरक होला तर भुइ तहमा रहेका सदस्य र तपाईंको केन्द्रीय सभापतिको समान हैसियत हो, हुनेछ। तपाईंहरूको चाहना नै हाम्रो निर्णयको आधार हुनेछ।
नेपाली कांग्रेस पार्टी नेता र यसका सिमित सदस्यको मात्रै होइन आम मानिसको सार्वजनिक पुँजी हो। यस यात्रामा लोकतन्त्र र समुन्नतिका निम्ति रुपान्तरित कांग्रेस देख्न चाहने तमाम देश भित्र र वाहिर रहेका लाखौं सुभेच्छुकजनहरू प्रति विशेष आग्रह गर्न चाहान्छौं- नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्म आलोचना गर्दै समीक्षा गरेको छ; आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ - अब कांग्रेस बदलिएको छ, बदलिनेछ।
अत: समस्त शुभेच्छुक, समर्थक र आम जनसमुदायमा अपील गर्दछौ - नेपाली कांग्रेस आम नेपाली जनताको अपेक्षा र नव युवाको परिवर्तनको आकांक्षा अनुरुप अगाडि बढ्नेछ। एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौं। अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन, ‘सत्ताका लागि जोसंग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ। जसरी हिजोका दिनमा हाम्रा अग्रजहरूले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिनुभयो त्यसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्नेछ - यसका लागि तपाईंहरूको थप साथ र विश्वास चाहिएको छ।
अन्त्यमा, यो ऐतिहासिक क्षणमा सम्पूर्ण शहिदहरूप्रति श्रद्धान्जली अर्पण गर्दछौं, पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्दछौं, समस्त नवयुवा लगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रमा सरिक हुन पुन: हार्दिक अपील गर्दछौं। जय नेपाल !
तपाईंको सभापति
गगनकुमार थापा
२०८२ माघ २ गते
काङ्ग्रेसमा पुरानो पाएका श्रीमती,छोरा,छोरीले नपाए पनि नयाँ लिस्टमा पनि नेताका श्रीमती,छोरा,छोरी र विगत प्रत्यक्षमा चुनावमा प्राप्ति गरेकाले नै समानुपातिकमाको सुचीमा हाबी देखियो।हिन्दी उखान"हम कवि नै सुद्रेका"भन्ने उखानलाई काङ्ग्रेसले निरंतरता दिएको छ। शुभकामना छ नेता जीहरुलाई।
काङ्ग्रेसले के निर्वाचनमा जान निर्णय गर्नुपर्छ र ? यो काङ्ग्रेसको जीवन शैली नै हो।
महा मानव वि. पि. कोईरालाका अनुसार निर्वाचन प्रजातन्त्रवादीको एक शिक्षालय हुनुसाथै यसको निरन्तरताले स्वच्छ प्रतिस्पर्धा र प्रजातान्त्रिक संस्कारको विकास हुन्छ भन्नू भएको छ।
जय नेपाल।