यतिका दिन पछी पनि मुगलिङ नारायणघाट खण्डको सिमतालमा पहिरोमा बगेका बस फेला परेका छैनन । हाम्रो प्रार्थना ती बसमा रहेका र तिनको परिवारजनका साथमा छ । म बुझ्न सक्छु उनीहरुको पिडा । किनभने मैले त्यसतै खालको बेदना कतिब ३७ बर्ष अघि नजिकबाट महसुस गरेको थिए ।
पृथ्वी राजमार्गको जोगीमारामा एउटा यात्रुबाहक बस खसेर त्रिशुली नदीमा खसेको थियो ।कयौ दिनसम्म न यात्रु फेला परे न बस । ती दिनमा हामी नेपाल टेलिभिजनका लागी काम गर्थ्यौ । मोबाइल दुनियामा आएकै थिएन । जोगीमारा करिब ९१ किलोमिटर पर्छ काठमाण्डौबाट । क्यामेरापर्सन एवम मेरा मित्र लक्ष्मण उप्रेती भोर बिहानीको अन्धकारमा काठमान्डौबाट निस्कन्थ्यौ ।
दिउसो बस खोजीका समाचार खिच्थ्यौ । राती दौडादौड गरेर काठमाण्डौ फर्कन्थ्यौ । छायाङकन, एडिटिङ उपकरण अहिलेको तुलनामा धैरै अपठ्यारा र भारी हुन्थे ।
नेपाल टेलिभिजनमा राती प्रसारण भए पछी हामी मुश्किलले निदाउथ्यौ ।किनभने भोली पल्ट बिहान ४ बजे फेरी जोगीमारा तर्फ लाग्थ्यौ । एवम क्रमले तिन चार दिन बिते । एक रात चाही हामी नसकेर त्यतै बास बस्यौ ।
हुन त जोगीमाराको दुर्घटाना अघि र त्यस पछी पनि बस दुर्घटना भै नै रहे । तर टेलिभिजनमा प्रसारण भएको यो 'जोगीमारा रिपोर्टहरु' ले सबैको ध्यानाकर्षण भयो । त्यस अवस्थामा संम्बन्धित निकाय सबैलाई छिटो काम गर्न दबाब पनि भयो ।
हामीलाई लाग्छ नेपालको टेलिभिजन रिपोर्टिङ ईतिहासमा यो रिपोर्टिङ एक कोशे दुङा थियो । मैले जीवनमा धेरै बिषयमा स्थलगत रिपोर्टिङ गरे , कार्यक्रम बनाए । कुन विषयमा रिपोर्टिङ गरे भन्नु भन्दा पनि , कुन बिषयमा गरिन भनेर सोच्ने पर्ने हुन्छ ।
कालान्तरमा मैले आफ्नो पहिलो किताब खुसी मा यसरी लेखे ;
सिसुवा बेलहीमा झुपडी जलेर सारा गाउ खरानी भएको समाचार आयो । पाकेको भात छाडेर राति आठ बजेक्यामरापर्सन विमल राणाका साथ त्यो गाउँ खोज्दै मधेसतर्फ हानिएँ । विमलले चलाएको हाइस्पिड कार पन्चरभएर पल्टियो । आगलागीको समाचार खिच्न गएका हामी आफैं झन्डै खरानी भएका !
पृथ्वी राजमार्गको जोगीमारा भीरबाट गुल्टेर एउटा बस वर्षायामको त्रिशुलीमा कता हो कता हरायो । मानिसकोलाससमेत फेला परेन । म तीन दिनसम्म बाढीले उर्लेको त्रिशुली नदीमा कहाँनेर फेला पर्छ भनेर जलप्रवाह हेरेर बसें। दृश्य खिच्ने र रिपोर्टिङ गर्ने ठाउँसम्म पुग्न हामीलाई डोरीको सहारा लिनुपथ्र्यो । तीन दिन भीरमा बसेर बगेकोपानी हे¥याहे¥यै गरेपछि, कैयांै दिनसम्म मलाई जुन बेला पनि रिङटा लाग्ने भयो ।
नेपालीले बस फेला पार्न नसकेपछि बङ्गलादेशबाट गोताखोर ल्याइए । नदीमा पस्नुअघि शरीरमा तेल र मुहारमाफूर्ति लगाए बङ्गाली गोताखोरले । पानीमा पसेका मात्र के थिए, त्रिशुलीको भेलले तिनलाई बगाएर आधाकिलोमिटर पर थचारिदियो ।
‘यो बङ्गालको जस्तो सजिलो पानी होइन’ भन्दै लजाए गोताखोर । फेरि पानीमा पसेनन् ।
आगो, पानी, भुइँचालो मात्र होइन शीतलता, न्यानोपन र करूणाका भावनासित पनि टेलिभिजनले मलाईनजिकैबाट परिचय गरायो । तीन दशकमा मैले कुनकुन विषयको कार्यक्रम गरें भन्नुभन्दा, कुन विषयको पो गरिनँभनेर सोच्नुपर्ने हुन्छ ।
‘जीवनलाई चारैतिरबाट हेरें, आगोमाथि पनि मैले नाचिहेरें’ भन्ने गीत गाउँदै हिँड्थें म । '
आज दसकौ पछी फर्केर हेर्दा हामीले बिताएका ती सुखद र दुखद दिनहरुको याद ताजा भएर आउछ ।
मैले यु मैटिक लो ब्यान्ड क्यामेरा युगबाट काम सुरु गरे । भारी गरुङा क्यामेरा हुन्थे । आज क्यामेरा युनिटको जुन भार हुन्छ , तीभन्दा दसौ गुना भारी , अपठ्यरा , असजिला थिए ।
तर ती भारी , अपठ्यरा र असजिला क्यामेरा र एडिटिङ मसिनहरुबाटै , हामीले नेपाली टेलिभिजन इतिहासको , नेपाली श्रव्यद्रश्य इतिहासका कतिपय कायजयी क्षणहरुलाई क्मारेरामा कैद गर्यौ ।
म कृतज्ञ छु मेरा सबै प्राविधिक मित्रहरु प्रति , जसले हामीले बिताएका तिता वा मिठा वा पट्यारलाग्दा तिनै थरि सम्झनालाई सदाका लागी जीवन दिए ।
सिन्धुपाल्चोक हेलम्बुका बाढी पीडित हस्त पन्डित लेख्नुहुन्छ :
हाम्रो पीडा हाम्रो ठाउँमा छ तर यो नाटक किन ? सहयोग गर्न आको कि बाढी पर्यटन हेर्न आको ? १० थान पी फोन, ३९ बाकस चाउचाउ, २ पकेट पियुस, ३ पकेट जीवनजल र ३ पकेट मास्कको पैसा कति र हेलिकप्टर भाडा कति?
फोटोमा देखिएका पुरुषहरु, मेरो दाजुभाइ होइनन्,
मेरो प्रेमीहरु पनि होइनन्
के अब बर्बाद भयो ?
के यो चरित्रहीन फोटो हो ?
महिला र पुरुषको सम्बन्धको आयाम कतीसम्म हो तोकिएको ?
जवाफ देउ, ए नैतीकताका ठेकेदारहरु !
Dont be ashamed of your story. World might know half of it. You are the only one who know how it felt and what you dealt. let the world judge, being yourself needs no approval.
भोगाई नितान्त व्यक्तिगत हुन्छन हरेकका, दुनियाले हेर्ने भनेको अरुको सफलता र असफलता हो। सफलता पछिको मेहेनत, हार पछिको सङ्घर्ष कसैले देख्दैनन। तपाईको दुःख, सुख सबै भोग्ने तपाईले नै हो, दुनिया आएर तपाईको दुःख बाड्नेछैन, त्यसैले आफ्नो लागी बाच्न सिक्नुस कसैलाई नरुवाउनुस,नदुखाउनुस।
मलाई डुब्दै गरेका चिजहरु प्रिय लाग्न थालेका छन्।डुब्दै गरेको सुर्य,जीन्दगीबाट अस्ताउदै गरेका सम्बन्धहरु,म सङ्ग प्रेममा चुर्लुम डुबेका तिमी अनि डुबिसकेका समय। म पनि समयसङ्गै डु्ब्दै छु तर जीन्दगी डुब्नेभन्दा पनि उदाउनेहरुका लागी हो। उदाउनका लागी नै भए पनि डुब्नै पर्छ हैन र?
हो, म नारीवादी सोच बोक्छु। मैले देखेको, सुनेको, भोगेको समाजमा जन्मिएर हुर्किएपछी नारीवाद सोज जन्मनु ठुलो कुरा होईन। म एक महिला हु र आफ्नो हक अधिकारका लागी नलड्नु मुर्खता नै हो।
साथीले फोनमा सोघ्यो,
मोज छ, डलर छापिएकै छ हैन?
मैले छापिएका डलर सङ्गै
साटिएका सपना सम्झे,
व्यस्तताले टाढिएका आफ्ना सम्झे,
चाउरी परेका बाआमा सम्झे,
सङ्गैका साथीसङ्ग सम्झे,
त्यो जन्मेको गाउठाउ सम्झे,
चाडबाड सम्झे,
दिदीबहिनी दाजुभाई आफन्त सम्झे,
अनि हास्दै भनिदिए
हो, छापिएकै छ डलर।