अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट एक अर्ब डलरभन्दा बढी आम्दानी गरेको देखिएको छ।
राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आम्दानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाझिने अवस्था नरहेको ह्वाइट हाउसले जनाएको छ।
त्यसरी भएको धेरैजसो आम्दानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र ‘सेलेब्रेशन मीम-कोइन’ को रोएल्टीबाट भएको देखिन्छ।
राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई 'ठग र लागु औषध कारोबारीहरूको स्वर्ग' भनेका थिए।
तर उनले पुनः निर्वाचित हुनु केही समयअघि मात्र यस्को सम्भावनालाई अपनाएका थिए।
त्यसयता उनले क्रिप्टो करेन्सीसम्बन्धी नियम कानुनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढाएका छन्।
#BBCNepali #CryptoCurrency #DonaldTrump
राष्ट्रिय सभा अध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा प्रचण्डका भाइ रेणु दाहालका काका गंगा दाहालका अंकल जीवन आचार्यका कान्छा ससुराबा बिना मगरका कान्छा ससुराबा सिर्जना त्रीपाठीका कान्छा ससुराबा समिता दाहालका हजुरबा अर्जुन पाठकका ससुराबा ....नारायण प्रसाद दाहाल ज्यु लाई हार्दिक बधाई 😜