गणेश नेपालीको घटनाले स्तब्ध बनाएको छ।
यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो।
यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। उहाँहरूलाई यो असह्य पीडा सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
यससँगै सबैमा एउटा विनम्र अनुरोध छ।
यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।
यस कठिन घडीमा गणेशजीका आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ, कसरी उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ।
विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।
हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ। एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?
यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु र भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।
२५ बर्षीय युवा गणेश नेपालीले काठमाडौंमा आत्मदाह गरेको घट्नाले अहिले सुरक्षा निकाय र नागरिकबीचको सम्बन्ध कस्तो अव���्थामा छ भन्ने देखाएको छ । यसले गर्दा नेपालीले ज्यान नै गुमाउनु पर्ने अवस्था कसरी उत्पन्न भयो ? यसको गहिराईसम्म गएर छानवीन र दोषीमाथि कार्वाही जरुरी छ । यससँगै यो घट्नाले तीनवटा नीतिगत सवालहरु पनि खडा गरेको छ :
* पहिलो, अहिले हामीकहाँ ट्राफिक प्रहरीको मुख्य काम सडकको यातायात व्यवस्थापन गर्ने होइन, दण्ड–जरिवानाका नाममा चालकहरुबाट पैसा उठाउने जस्तो किन हुन गएको हो ?
* दोस्रो प्रश्न, के नगर प्रहरीले ट्राफिक प्रहरी वा नेपाल प्रहरीले झैं ‘पुलिसिङ’को काम गर्न पाउँछ ?
* तेस्रो, हाम्रो देशमा कतिवटा प्रहरी बल चाहिन्छ ? नेपाल प्रहरी र सशस्त्र प्रहरी हुँदाहुँदै नगरपालिकामातहत छुट्टै नगर प्रहरी बलहरु किन राख्नुपऱ्यो ? यसका निम्ति संविधानमा ‘नग�� प्रहरी’ लेख्नुको साटो ‘नगर रक्षक’ उल्लेख गर्न किन जरुरी छ ?
आउनुहोस् बाँकी कुरा भिडियोमा हेरौं : https://t.co/osgYcB9bnK
**हिजो प्रेम आचार्य, आज गणेश नेपाली**
मुगुका २६ वर्षीय युवा गणेश नेपालीले आज आत्मदाह गरेको अत्यन्त दु:खद र हृदयविदारक घटनाले नेपालको राजनीतिक तथा सामाजिक अवस्था कति संवेदनशील, जटिल र ज्वलन्त रहेछ भन्ने वास्तविकता उजागर भएको छ।
वीर अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना।
लोकप्रिय जनमत र जनताको उच्च अपेक्षा र विश्वाससहित सरकार बनेको १०० दिनमा ��ै यसरी जनताले आत्मदाह गर्नुपर्ने अवस्था अत्यन्त दुःखद मात्रै होइन, सरकारलाई गम्भीर चुनौती र चेतावनी हो।
तर यो नेपालीको आत्मदाह होइन, राज्यले गरेको हत्या हो। नेपालीको आत्मदाहसँगै नेपाली जनताको आशा, विश्वास र सपनाको पनि दहन भएको छ। वास्तवमा यो मौन विद्रोह हो। यस्तो विद्रोहको प्रारम्भ हो। यो विद्रोहको ज्वालाबाट को-को खरानी हुनेछन् ? यसको जवाफ समयले दिने छ।
हिजो प्रेम आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने सरकार, पार्टी र नेतालाई जनताले दण्डित गरे, आज गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाउने सरकार, पार्टी र नेतालाई पनि जनताले हिसाब-किताब गरेका छन्। सबैलाई चेतना भया!!!
फोटो: @Online_khabar
गणेश नेपालीले चरम अपमान र निराशाबीच आत्मदाहको प्रयास गरिरहँदा सिंहदरबारमा विराजमान नयाँ जादुगरहरूलाई सोधौं—मान्यवरहरू, कृपया भन्नुहोस्, के यो सरकार उनीहरूको पनि हो, जो चिज खान पाउँदैनन् र चिज खाएको प्रधानमन्त्रीको फोटो हेरेर रमाउन पनि सक्दैनन्?
र, स्वयं प्रधानमन्त्रीलाई सोधौं—महोदय, होल्डिङ सेन्टरमा सुकुम्बासीहरू भोकै परिरहेका बेला आफू दरबारमा बसेर चिज खाँदै गरेको फोटो खिचाउँन तपाईंलाई थोरै पनि लाज लागेन?
सरकार! नागरिकलाई सम्मान देऊ।
@e
सुकुमवासीका दृष्टिमा सरकार https://t.co/sU2PwDQHyZ
भुइँवर्गलाई हेयका दृष्टिले हेरिने क्रम बढ्दो छ । आज गरिब, द���ःखी, भूमिहीन, मजदुर, सुकुमवासी नेपाली नागरिक आफ्नै देशभित्र असुरक्षित महसुस गर्दैछन् । कति बेला कहाँबाट उठिबास लगाइने हो भन्ने डर र त्रासबीच जीवन जिउन बाध्य बनाइएका छन् ।
https://t.co/JWIW2VYnbF