Follows political, geopolitical, strategic and international affairs, Nepal-India-China relations, liberal democracy, social justice, football, music, hiking.
क्यापिटल हिल (Capitol Hill) भनिने अमेरिकी Conress (House of Representative र Senate) र Library of Congress मा आज!
५० state भएको अमेरिकामा House of Representatives ४३५ सदस्सीय हुन्छ भने senate १०० सदस्सीय!
अमेरिकी संस्थापक राष्ट्रपति एवं अमेरिकी स्वतन्त्रता संग्रामका सर्वोच्च कमान्डर जर्ज वासिङ्टनको निवास, हाल संग्रहालयमा हिजो!
पपुलिजम, अनुदारवाद, उग्रराष्ट्रवाद र अतिवादको कारणले विश्वव्यापी रूपमा नै लोकतान्त्रिक प्रणाली, उदारवाद र वहुलवादी समाजमाथि गम्भीर संकट सिर्जना भइरहेको समयमा अब्राहम लिङ्कनको प्रतिमासँग!
रिपब्लिकन पार्टीबाट पहिलो निर्वाचित राष्ट्रपति लिङ्कन (१८६१ देखि १८६५ सम्म) ले अमेरिकी गृहयुद्धको समयमा सन् १८६३ नोभेम्बर १९ मा गेटिसवर्गमा गरेको ऐतिहासिक सम्बोधनको क्रममा गरेको लोकतन्त्रको परिभाषा नै सर्वमान्य परिभाषाको रुपमा स्थापित भएको छ।
लिङ्कनका अनुसार लोकतन्त्र भनेको: Government of the people, by the people and for the people. अर्थात् लोकतन्त्र भनेको जनताको, जनताद्वारा र जनताका लागि बनेको सरकार हो।
अमेरिकाको सिकागो सहरको Grant Park मा रहेको लिङ्कनको प्रतिमा!
Grant Park त्यही पार्क हो, जहाँबाट राष्ट्रपति निर्वाचित भएपछि बाराक ओबामाले नोभेम्बर ४, २००८ मा दुई लाख ५० हजार भन्दा धेरै अमेरिकी नागरिकको प्रत्यक्ष उपस्थितिमा ऐतिहासिक विजय मन्तव्य दिएका थिए!
अन्ततः, नेपालमा लोकतन्त्रको दीर्घकालीन सफलताका लागि शक्तिशाली प्रधानमन्त्रीभन्दा बढी उत्तरदायी सरकार र प्रभावकारी संस्थाको विकास आवश्यक छ।
पूर्ण सहमत ।
World’s Most Naturally Beautiful Countries:
1. 🇯🇵 Japan
2. 🇳🇵 Nepal
3. 🇮🇹 Italy
4. 🇲🇻 Maldives
5. 🇮🇩 Indonesia
6. 🇮🇸 Iceland
7. 🇫🇷 France
8. 🇺🇸 United States
9. 🇨🇭 Switzerland
10. 🇨🇷 Costa Rica
11. 🇮🇳 India
12. 🇬🇧 United Kingdom
13. 🇿🇦 South Africa
14. 🇹🇿 Tanzania
15. 🇳🇿 New Zealand
• Best tourist destination: Japan
• Underrated hidden gem: Nepal
• Best for families: Italy
• Best for couples: Maldives
• Best for solo travelers: Indonesia
Source: Travel & Leisure
लोकतन्त्र भनेको शासन होइन, सुशासन हो र सत्ता होइन, उत्तरदायित्व हो । लोकतन्त्रमा सरकार शक्तिशाली हुँदैन, जनताप्रति उत्तरदायी हुन्छ र सरकार नियन्त्रणकारी होइन, प्रभावकारी हुन्छ ।
- गेजा शर्मा वाग्ले https://t.co/HB5KsvboBL
Lost in the vastness of the Himalayas ⛰️✨
At 6,119m on Lobuche Peak, where the world feels endless and silence speaks louder than words. Golden light painting the ridges, a lone tent, and that perfect lenticular cloud glowing at sunrise.
‘I feel lost… lost… what do you mean?’
Sometimes you have to climb above the clouds to find yourself again.
#LobuchePeak #Himalayas #MountainMagic #AboveTheClouds #Adventure #Nepal #mountainhigh
निरन्तर प्रश्न र खबरदारी गरिरहनुपर्छ । जति प्रश्न र खबरदारी गरिन्छ, त्यति नै उत्तरदायी हुन्छन् । वास्तविकता के हो भने नेपालमा संकट सिर्जना भएको बलियो वा शक्तिशाली प्रधानमन्त्री वा नेता नभएर होइन, बलियो र प्रभावकारी संस्था नभएको कारणले हो ।
@GejaWagle
https://t.co/QtxniJOL5H
Well put with some great examples, @GejaWagle:
"नेपालमा लोकतन्त्रको दीर्घकालीन सफलताकालागि शक्तिशाली प्रधानमन्त्रीभन्दा बढी उत्तरदायी सरकार र प्रभावकारी संस्थाको विकास आवश्यक छ।" Recommended reading 4 @ShahBalen, @hamrorabi & @party_swatantra leadership
https://t.co/Qne8u54umG
**नारी अस्मिता, स्वतन्त्रता र संघर्षको अद्वितीय आख्यान**
बिसे नगर्चीको बयान जस्तो स्वयं समयसँगै मिथकका रूपमा रूपान्तरित भएको बहुचर्चित कविताका स्रष्टा, कवि एवं गीतकार तथा आत्मीय साथी श्रवण मुकारुङजीको पहिलो उपन्यास सलह पढिसकेपछि केही अनुभूति र भावनाहरू शेयर गर्न मन लाग्यो ।
नारीप्रधान सलह मूलतः नारी अस्मिता, स्वाभिमान र स्वतन्त्रताको प्रेरणादायी संघर्षको सुन्दर आख्यान हो । समकालीन नेपाली भाष्यअनुसार सीमान्तकृत मानिने उपन्यासकि केन्द्रीय पात्र नायुमाको जीवन केवल एउटा पात्रको कथा मात्रै होइन, त्यो समाज, परम्परा, सत्ता र संरचनासँग संघर्ष गरिरहेका सम्पूर्ण नारी जातिको अस्तित्व, चेतना र विद्रोहको जीवन्त दस्तावेज हो । त्यसैले नायुमा केवल सलहकि एक पात्र मात्रै होइनन्, संघर्ष र स्वाभिमानको जीवन्त मिथक, विम्ब र प्रतीक हुन् ।
नायुमाको जीवनमा नियमित आकस्मिकता जस्तै अनन्त विडम्बनापूर्ण र हृदयविदारक मोड आए । तर न उनी कहिल्यै थाकिन, न सम्झौता गरिन् । मानवीय संवेदनाको उच्चतम र कलात्मक शैलीको विशिष्ट संगम भएको सलहका कतिपय सन्दर्भ अत्यन्त मार्मिक र कारुणिक छन् । नारी अस्मिता र संवेदनालाई लयात्मक रूपमा प्रस्तुत गरिएको सलहमा कल्पनाशीलता छ, विद्रोह छ, उत्पीडन छ, सौन्दर्य छ, प्रेम छ र समर्पण छ । त्यसैले नायुमा संघर्ष र प्रेरणाको प्रतिमूर्ति हुन् ।
सलह पढ्दा यस्तो अनुभूति हुन्छ कि मिथक, फ्यान्टासी र विम्ब केवल शैलीगत सौन्दर्यका उपकरण मात्र होइनन्, ती मानवीय संवेदना, संघर्ष र स्वतन्त्रताका क्यानभासलाई सिर्जनात्मक रूपमा अभिव्यक्त गर्ने सिम्फोनी हुन् । यथार्थता र कल्पनाशीलताको संगम यति स्वाभाविक रूपमा भएको छ कि पाठक एकैसाथ दृश्य, संवेदना र चेतनाको बहुआयामिक क्षितिजमा स्वेच्छिक रूपमा प्रवेश गरी सार्वभौम र अनन्त विचरण गर्छन् ।
मिथक, विम्ब र प्रतीकमार्फत तथा सामाजिक विकृति-विसंगतिहरूलाई चित्रण गर्ने श्रवणजीको शैलीले उपन्यासलाई केवल कलात्मक उचाइमा मात्र पुर्याएको छैन, यसले गहन र अर्थपूर्ण सन्देशसमेत सम्प्रेषण गरेको छ । कक्षा ९ मा पढ्दा किशोरवयमा नै ‘अस्तित्व’ नाटक लेख्नु भएका श्रवणजीले अस्तित्ववादी, बौद्धिक र विद्रोही धारलाई आफ्नो मौलिक साहित्यिक पहिचान बनाउनु भएको छ, जुन मायावी कोलाजको प्रतिबिम्ब हो – सलह ।
सलहमा प्रयुक्त फ्यान्टासीको शैली मौलिक र सिर्जनात्मक छ । सलहको आरम्भ पनि फ्यान्टासीबाट हुन्छ र अन्त्य पनि । शायद यही नै श्रवणजीको मौलिकता र विशिष्ट शैली र पहिचान हो ।
कविता र गीतको विधामा विशिष्ट पहिचान बनाई शिखरमा पुग्नु भएका श्रवणजीको सलहमार्फत् कल्पनाशील, प्रयोगशील र संवेदनशील आख्यानकारको अवतारको रूपमा सशक्त उदय भएको छ ।
सुन्दर कृति सलहका लागि उपन्यासकार श्रवणजीलाई पुन: बधाई दिँदै कविता र गीतको क्यानभासमा जस्तै आख्यानको क्षितिजमा पनि अपरिमित सफलताको शुभकामना🙏