भनियो,तर आज झन् उनीहरूलाई बाढी पस्ने ठाउँमा बस्न बाध्य बनाएको छ।
राज्यको प्राथमिकता“गरिबी हटाउने होइन,गरिबलाई नै हटाउने”छ।अस्ती दुई जना सुकुम्बासीले आत्महत्या गरे। हिजो त्रिपुरेश्वरमा अर्को दुःखद घटना भयो। राज्य यस्तै सनककाे भरमा चले, भाेलि तपाईं हाम्रो पालाे नआउला भन्न सकिन्न?
त्रिपुरेश्वरमा घटेको दुखद घटनाकाे महानगर जिम्मेवारी लिन तयार छैन। हातपात गर्ने अनि घाइतेलाई कठालो समातेर उद्धार गर्ने नेपाल प्रहरी पनि आफ्नो जिम्मेवारीबाट भागिरहेको छ। सरकार र गृहमन्त्री संसदमा गाेहिकाे आँसु चुहाउने तर जिम्मेवारी नलिई उल्टै प्रतिरक्षा र प्रतिप्रश्न गर्ने,--१/१
अर्थमन्त्री भने“जाबो ५,५०,५०० रुपैयाँ” भन्दै बचाउ गर्न व्यस्त। अनि पुरै रास्वपाका टेबल ठोक्ने संसदहरूलाई त्रिपुरेश्वर घटनाले पाठ नसिकाएकाे हाे र?
सुनैसुनकाे पहेलपुर सरकारलाई के फरक पर्छ र? सुकुम्बासीलाई“हुकुम्बासी”भन्दै बसेको छाना बल प्रयोग गरेर खोसियो।खोलाको बाढीबाट बचाउने--१/३
शहरबाट गरिव विस्थापित गर्नु विकास होइन।विकास भनेको नागरिकको न्युनतम आवश्यकताहरु पुर्ति गर्ने, जीविकोपार्जन सुरक्षित गर्ने,अवसर सिर्जना गर्ने र गरिबी घटाउने हो।यति कुरा शासकले बुझे समानुभुतिपूर्ण समाज निर्माण हुन्थ्यो कि?काेहि कसैले आत्महत्या वा आत्मदाह गर्ने स्थिति आउदैनथ्याे कि?
बालेन मेयर हुँदा काठमाडौं महानगरले “सुन्दर शहर” को नाममा सडकमा पसिना बगाएर दुई छाक जोहो गर्नेहरूलाई लखेट्यो। सडक व्यवसायीमाथि बल प्रयोग भयो, कवाडीहरु लखेटिए, गरिबमाथि डोजर चल्यो, जीविकोपार्जनको आधार खोसियो। त्यतिबेला सरकार र पुराना राजनीतिक दलहरू मौन बसे।--१/१
नागरिकलाई रोजगारी दिन नसक्ने, महँगी नियन्त्रण गर्न नसक्ने र आत्मसम्मानपूर्वक दुई छाक खान सक्ने वातावरण बनाउन नसक्ने राज्य गरिबलाई नै अपराधीझैँ व्यवहार गर्न व्यस्त छ। आज धेरै नेपालीका लागि हात मुख जोड्नु नै संघर्ष बनेको छ, र दुई छाक खान पाउनु नै ठूलो उपलब्धि जस्तो भएको छ।--१/४
स्पष्टता हराउने, कसैलाई पनि नरिसाउने गरी गोलमटोल जवाफ दिने र स्वार्थ अनुसार धार बदल्ने कला सिकिछन्।
लाग्छ, उज्ज्वल थापाको नाम त केवल राजनीतिक फड्को मार्ने पुलेसाे मात्र थियो, व्यवहारमा भने उहाँका सिद्धान्त र मूल्यहरू धेरै पहिल्यै छाेडिसक्नुभएको रहेछ।@ranjudarshana_ --१/३
कुनै बेला विवेकशील नेपालीकी नेतृ @ranjudarshana_ रञ्जु दर्शना उज्ज्वल थापाको नाम लिन नथाक्ने, आफूलाई उज्ज्वल थापाकै schooling बाट आएको भन्दै मुल्य मान्यता, नैतिकता र वैकल्पिक राजनीतिका भाषण गर्ने। कुनै बेला पुष्पकमल दाहाललाई “फुस्स कमल”, शेरबहादुर देउवालाई “स्याल बहादुर” र --१/१
केपी ओलीलाई “उखाने” भन्दै खुलेर प्रहार गर्ने रञ्जु आज किन यति ताैलिदै बाेल्ने भएकी छन्?
उज्ज्वल थापा र विवेकशील नेपालीबाट त हामीले स्पष्ट विचार, सत्य बोल्ने "साहस", ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने चरित्र सिकेको ठानेका थियौं। तर आज पद, अवसर र एक थान सांसदको पदका अगाडि--१/२
@BhawanaRaut2 हिजो सरकार प्रमुख वा मन्त्रीले बोलेको, लेखेको वा गरेको हरेक कुरामा प्रश्न उठाउँदा ठीक मान्ने, तर आज त्यही काममाथि प्रश्न उठ्दा ‘private life’ को ढाल खोज्नु दोहोरो मापदण्ड मात्र हो। --१/४
@BhawanaRaut2 नजिरहरूले पनि सार्वजनिक पदमा रहेका व्यक्तिहरूको गोपनीयताको दायरा सामान्य नागरिकको भन्दा साँघुरो हुने सिद्धान्त स्वीकार गरेका छन्।
बहस प्रधानमन्त्री वा मन्त्रीले रमाइलो गर्न पाउने कि नपाउने भन्ने होइन। बहस सार्वजनिक पदमा बसेका व्यक्तिको व्यवहार, सन्देश र जवाफदेहिताको हो।--१/३
विस्तारै पूर्ण, बृहत्, संयुक्त तथा एकल इजलाससम्म पुग्न सक्छ।
न्यायालय व्यक्तिले होइन, प्रक्रियाले चल्नुपर्छ। अन्यथा ४–५ वर्षअघि सुधार गर्न खोजिएको समस्या फेरि नयाँ रूपमै फर्किने खतरा छ। लोकतन्त्र र न्यायपालिकाको विश्वसनीयताका लागि यो गम्भीर चेतावनीको विषय हो।--१/३
करीब ४–५ वर्षअघि चोलेन्द्र शमशेर जबरा को कार्यकालमा बेन्च र इजलास मुद्दा ‘फिक्सिङ’ सम्बन्धी विषयले ठूलो बहस सिर्जना गरेको थियो | त्यसपछि न्यायालय सुधारका लागि लागू गरिएको गोला प्रक्रियाले निष्पक्षता र पारदर्शितामा महत्वपूर्ण सुधार ल्याएको थियो। --१/१
प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास
वरिष्ठ न्यायाधीशलाई बाहिर राखेर ट्रेड युनियनको मुद्दामा सुनुवाइ
बार अध्यक्ष भन्छन् : नेपालको न्याय प्रक्रियामा गलत अभ्यास सुरु भयो
https://t.co/LoE6aoadDE
तर हिजो कार्यविधिलाई नै लत्याउँदै आफ्नो अनुकूल इजलास गठन भएको भन्ने विषय दुःखद छ। यदि नियम र प्रक्रियामाथि व्यक्तिको इच्छा हावी हुन थाल्यो भने, यो केवल एउटा इजलासको प्रश्न रहँदैन, सम्पूर्ण न्यायिक प्रणालीको विश्वसनीयतामाथिको चुनौती बन्छ। यसको असर केही महिनामै देखिन सक्छ र --१/२