नमस्कार @NepalPoliceHQ,
यो गाडीमा लगाइएको स्टिकर कानुनअनुसार मिल्ने हो कि होइन? यसरी सिसा नै पूर्ण रूपमा ढाकिने गरी स्टिकर टाँस्न पाइन्छ कि पाइँदैन?
यदि यो नियमविपरीत हो भने आवश्यक छानबिन गरी कानुनअनुसार कारबाही गरिदिनुहुन अनुरोध छ।
हेलो @NepalPoliceHQ,
यो कलङ्की चोक पोखरा र चितवन जाने माइक्रोको स्टेशन हो? यदि होइन भने, पोखरा र चितवन बाहेक अन्य ठाउँ जाने माइक्रोलाई एकछिन पनि रोक्न नदिने, तर पोखरा र चितवन जाने माइक्रोहरूलाई लाइन लगाएर बाटो नै ओगटेर यात्रु कुर्न दिने किन?+
अनि ट्राफिक प्रहरीचाहिँ रोकिएका माइक्रोका चालकसँग गफ गरेर बस्ने? नियम त सबै माइक्रोका लागि बराबर लागू हुने होइन र? यदि नियम छ भने, त्यसको निष्पक्ष रूपमा पालना गराइयोस्।
#valleytraffic यो गाडी करिब १०–११ वर्षको बालकले चलाइरहेको देखियो। कृपया यस विषयमा आवश्यक छानबिन गरी कानुनी कारबाही गर्नुहोस्। सुरुमै जुम गरेर हेर्नु होला🙏