चोरलाई चोर को डर,
ठगलाई ठग को डर,
डाँकालाई डाँका को डर,
भ्रष्टलाई भ्रष्ट को डर,
गणे लाई गणे को डर,(गणतन्त्रे)
नेकालाई नेका को डर,
मालेलाई माले को डर,
घन्टेलाई खरानी को डर,
खरानी लाई घन्टे को डर,
यसलाई उसको डर,
उसलाई यसको डर,
अनि तिम्लाई के को डर...
Do your Job...
राजनीति गर्नको लागि स्नातक वा स्नातकोत्तर पछि एक वर्षे social, political science र अन्य आवश्यक ज्ञान सीप को combined course उत्तीर्णले मात्र कुनै पनि तहको राजनीति गर्ने सुविधा दिने हो भने देशमा केही सकारात्मक परिवर्तन हुन्थ्यो की???
नेपालमा २००७ साल ,२०४६ साल,२०६३ सालको परिवर्तन पछिका पार्टीका नेताहरुको तिनका कार्यकर्ताहरूको फुर्ती फार्ती तिनीहरूको अहंकार तिनीहरूको घमण्ड ओहो हेर्नलायक थियो, देशै उचालेर अन्तै पो पुर्याउने हुन् कि जस्ता। ४६ पछिका हरूको त देखियो पनि । २०८२पछिका हरूको फुर्ती पनि कम्ता छैन्।
हिन्दीमा एउटा कहावत छ:-
"यदि आप हात पे हात रख के अच्छे वक्त का इन्तजार कर रहे हैं,
तो याद रखो,
अच्छा वक्त भी टाङ्ग पे टाङ्ग रख के आप के मेहनत का इन्तजार कर रहा है।"
त्यसैले मेहनत, परिश्रम र अध्ययनले मात्र सफलता प्राप्त हुन्छ भन्ने सधैं स्मरण राख्नुपर्छ।
प्रमुखहरु (राष्ट , प्रदेश , पालिका , पार्टी आदि प्रमुखहरुले ) बोलेका/भनेका कुराहरु कम्तिमा एक दिन त पत्याउने/ टिक्ने कुरा बोल्नु नी ५ मिनेट नी नटिक्ने/ नपत्याउने किन बोल्नु पर्ने रछ कोनि........ हरुले!!!
शिक्षा, स्वास्थ्य र लाशमा लगाएको करको सट्टामा सुट (कोट र पाइन्ट)मा १०% कर (Tax) लगाउदा कसो होला!!! कर मन्त्री ज्यू ... केरे अर्थ मन्त्रीज्यू (कर निर्धारण गर्ने ज्यूहरु) जै होस् कल्याण होस् करज्यूहरूको!!!
उज्यालो मात्रै नहेरौ उज्यालो पछि आउने अध्यारो तिर पनि ध्यान दिने गरौं ... एकछिनको चहकमकले धेरै बिगारेको इतिहास छ। बिस्तारै गरौ या नगरौं तर गलत नगरौं। कुनै दिन एउटा सपुतले अवस्य राम्रो गर्ला।हाम्रा पुर्खाले देश यहाँ सम्म पुर्याए कै हुन्। चेत होस् चेतना होस्।जै होस्।
भारतमा Senior Advocate को उपाधि दिने बारेमा छलफल हुँदै गर्दा युवाहरुले पुरानैलाई अवसर दिने पक्षपात हुने गरेको भनि बिरोध गर्दा प्रधानन्यायाधीश B R Gavai ले यी बिरोध गर्नेहरु cockroach जस्तै हुन् भनेपछि Cockroach Janta Party (CJP) को उदय भएको छ।आउँदो चुनावमा खतरा छ है भारतमा पनि।
श्री बालेन्द्र शाहले नेपालको ४३ औ प्रधानमन्त्रीको शपथग्रहण गर्दा शंखनाद गर्दै १०८ बटुकहरु तथा १०७ लामा गुरुहरू बाट मंगलवाचन हिन्दु बौद्ध धर्म परम्परामा अनुसार शपथग्रहण गर्दा हाम्रो देशका धर्मनिरपेक्षता वादीहरुलाई कस्तो लागिरहेको छ होला है...
रास्वपा लाई २०८२ को चुनावमा झन्डै दुई तिहाईको जितका लागि हार्दिक बधाई तथा शुभकामना। रास्वपा को चुनौती रास्वपा नै हो यसको हेका राख्नु होला नेताज्यूहरु (रवि... वालेनज्यूहरु)। चुनावी जित अस्थायी हुन्छ न बिर्सनु होला।
समानुपातिक चुनाव प्रणाली बनाउनेहरुलाई नै यो प्रणालीले २०८२ को चुनावमा ४४० भोल्टको झट्का दिन्छ होला । काग बाठो हुन्छ तर ... खान्छ भन्थे हो कि??? हेरौँ फागुन २१ गते पछि...
पंचायत देखि प्रजातन्त्र हुँदै गणतन्त्रसम्म पुग्दा नेताहरुले राजाले देश बिगारेको र नेपालीलाई दुःख दिए भन्दै स्थापित भए।नयाँहरु शेरबहादुर, केपी र प्रचण्डहरु भ्रष्ट...हुन भन्दै स्थापित हुन खोज्ने अनि यहाँहरुको देश बनाउने भिजन चाहिँ के??? Please No more hate speech ... !!!