युनियनबाजीमा लागेका/स्वार्थ बोकेर हिँडेका बाहेकका विद्यार्थी र प्राध्यापक नजाग्ने हो भने फेरी दलीय भागबण्डामा उपकूलपति/पदाधिकारी नियुक्त हुनेछन्।खुला प्रतिश्पर्धाबाट ती पद पुरा गर्न संगठिन दबाब दिउँ। विद्यार्थीको भविष्य र असल प्राध्यापकको स्वाभिमान जोगाउँ। चुप नबसौँ, अति भइसक्यो!
"गाउँगाउँमा सिंहदरबार लैजाने भन्नुकाे अर्थ सुविधाहरूकाे स्थानीयकरण गर्ने भन्ने हुनुपर्नेमा गाउँगाउँमा नयाँ हैकमी शासकहरूकाे बिगबिगी बढेकाे छ। मनाेमानी र अार्थिक अनुशासनहीनताले स्थानीय तह नयाँ भ्रष्टहरू उत्पादन गर्ने कारखानामा बदलिने खतरा देखिएकाे छ।"
- यादव देवकाेटा,काेसेली,कापुर
अति पदपारखी मिस्टर उपेन्द्र यादवलाई संविधान संशाेधन अनिश्चित छ भन्ने बल्ल थाहा भएछ। संविधान संशाेधनलाई जानीबुझी बलि चढाएर प्राप्त दमदार उपप्रधानमन्त्री पदकाे निरन्तरता त सुनिश्चित छ हैन र? अाखिर ज्यानकाे प्राथमिकता लाभद��यक पद हाे भने नाथे संशाेधनकाे कृत्रिम चिन्ता किन,मान्यवर?
घरकी बूढीले डिभोर्स दिनुपर्यो ३ करोडको धाक नला, अफिसको साथीले झुन्डिनुपर्यो ३ करोडको धाक नला, तँ कति हरामी छस् त्यति घरकालाई थाहा थियो, तँ कति भ्रष्ट छस् त्यति वरपरकालाई थाहा थियो, भगवान भन्नेलाई धोका भइस् र ३ करोडले खुच्चिङ भने, खोरमा थुनिने बोका भइस् र ३ करोडले खुच्चिङ भने।😂