एउटा अर्को अग्नि छ मानिसभित्र । यसले पोल्दैन, शितल गर्छ । थकाउॅदैन, विश्राम दिन्छ । हराउॅदैन, सदा विजयी बनाउॅछ ।
त्यो आगो भेटेपछि अर्को अग्नि शितल हुन्छ ! अग्नि खोज्नेहरुको खोजीमा म ।
तिम्रो विचारभन्दा मूल्यवान वस्तु केही छैन । विचारलाई खर्च गरेर खेर नफाल, जति कम विचार उति जीवन शक्तिशाली हुन्छ ।
Nothing is more powerful than your thoughts. Do not waste thoughts by spending them; lesser the thoughts, stronger the life is!
शून्यता, निर्विचार या मौन साधनाको मध्यम उपलब्धि हो । रहस्यको लोक यहीँबाट प्रारम्भ हुन्छ । यसैलाई अन्तिम स्थिति चाहिँ मान्नु हुँदैन ।
Achieving Emptiness, Thoughtlessness or Silence is job half completed. All mysteries start here; but do not take it as job accomplished.
देवी माताको उपासना आफ्नो र पूरै विश्वको सुख, शान्ति र समृद्धिसंग एकाकार गर्ने अद्भुत प्रयोग हो ।
सम्पूर्ण नेपाली दिदिबहिनी-दाजुभाइहरुमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना !
आज विश्व पर्यटन दिवस !
हजारौं वर्षदेखिका हाम्रा अध्यात्म, योग, ध्यान, धर्म, सँस्कृति, प्रकृति र आयुर्वेद पद्धतिहरुलाई अझ सुन्दर, सुव्यस्थित, र सुलभ बनाएर विश्वलाई दिनु नेपाली पर्यटनको आधार हो । यसले विश्वलाई शान्त र हामीलाई समृद्ध बनाउने छ ।
विश्व पर्यटन दिवसको शुभकामना !
हामीले गरेको गल्ती हाम्रो परिचय होईन । हरेक गल्तीपछि हामी के गर्छौं त्यो चाहिं हाम्रो परिचय बन्न पुग्छ ।
गल्ती भयो भने एकपटक मुसुक्क मुस्कुराउने, अनि जे ठिक हो त्यो गर्न थालिहाल्ने !