मैले गरेको गल्तीहरुमा पनि म खुसी नै थिए
र सोच्ने गर्थे मैले उ सङ्ग प्रेम सुख र खुसी मा जीएको पल ��नि यादहरु मेरो जीवनको अनन्त काल सम्म मन भरि सङ्गालेर मुस्कुराउने छु
तर तिनै गल्तीहरुले मलाई घरि घरि गिज्याए जस्तो लाग्छ र मन विक्षिप्त हुन्छ...
लेख्नु छ एक थान प्रेम कथा
प्रेममा डुबेर निस्सासिएको
प्रेम पिडाले छट्पटिएको
प्रेमको लागि तड्पिएको
प्रेममा भाव शून्य भएको
प्रेम ईर्ष्यामा आत्तिएको
अनि प्रेमिल भावहरुमा
मदहोस भै मात्तिएको,
लेख्नु छ एक थान
मेरो आफ्नै प्रेम कथा...☘️
मन खुसी हुदा संसार खुसी लाग्ने गर्छ,
र आफ्नो मन खुसी हुनु नै त आफु खुसी हुनु रहेछ अनि आफुले आफैलाई प्रेम गर्नु नै प्रेम रहेछ
आफु दुखी भएर, आफै रितिएर अरुलाई प्रेम दिन नसकिने रहेछ...
#स्वार्थी_म#स्वार्थी_मन#स्वार्थी_माया ☘️
चाहे मेरो सर्वस्व जावोस, चाहे म साकिउ
तर मैले गरेको काम कुरोहरुमा मलाई कही कतै पनि पछुतो छैन
जहाँ म असफल भए, जहाँ धोका खाए त्यहाँ पनि म इमानदार थिए र मैले हद पार गरेरै हर प्रयास गरेको थिए...