'We carry no old baggage' भनेको के हो यो चाहिं परराष्ट्रमन्त्रीले स्पष्ट पार्न पर्ने देखियो !
यो भनेको के हो ? एउटा देशले अर्कोलाई कसरि यस्तो भन्न सक्छ ? कुन बोझको गफ गरेको भनेर स्पष्ट पार्लान क्यार !
अनेक जान्न मनलाग्ने आफूलाई फेरि ;))
जसरी पहिलेका नराम्रा भएकाले नयाँ स्वतः राम्रा हुन्छन् भन्ने मानसिकता गलत प्रमाणित हुँदैछ, त्यसरी नै अहिलेकाले राम्रो काम गर्न नसक्दा पहिलेका स्वतः राम्रा थिए भन्ने मानसिकता पनि गलत हो ।
रास्वपा र वर्तमान सरकारमाथि आलोचनाका स्वर बलियो बन्दै गएका बेला (for all right reasons!) म चाहिँ कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलका विगतका व्यवहारलाई पनि बिर्सन हुन्न भन्ने पक्षमा छु ।
यी पार्टीहरूले आफ्नो जनमत बलियो हुँदा संसद्मा मच्चाएको उद्दण्डता, सत्ता र शक्तिको बलमा गरेको खुलेआम भ्रष्टाचार, प्रश्न तथा आलोचना गर्नेमाथि आक्रमण आदि सजिलै बिर्सन सकिन्न । राज्यका विभिन्न क्षेत्रमा सुधार र पुनर्संचना चाहिएका बेला हचुवा राष्ट्रवाद र खोक्रो विकासका नारामा देशलाई भुलाएर यिनले अमूल्य समय खेर फाले । गरीब तथा विपन्न वर्गलाई कष्टको चक्रबाट निकाल्ने इमानदार प्रयत्न गरेनन् ।
माओवादी पार्टी बाँकी छ, छैन थाह छैन । कांग्रेसले पार्टी रूपान्तरण भएको प्रत्याभूति दिन सकेको छैन । एमालेमा यो सम्भावना झनै कम छ ।
स्वतन्त्र नागरिकका रूपमा सरकारका कामकारवाहीको आलोचना गर्ने सबैको अधिकार हो । तर, विगत नै राम्रो थियो भन्ने निश्कर्षको प्रचारप्रसार हरेक दृष्टिकोणबाट गलत हो ! कुनै पुराना दलसँग वर्तमान सरकारको आलोचना गर्ने अतिरिक्त नैतिक आधार छैन ।
लामो समयसम्म सरकारको नेतृत्व गरेका खड्गप्रसाद, शेरबहादुर, प्रचण्डले त सरकारका कामको समीक्षा भन्दा आफ्ना कमजोरीको समीक्षा गरेको राम्रो । सरकारले गरेका र गरिरहेका गलत कामको आलोचना गर्ने मानिस यो देशमा अरू पनि छन् ।
भएकालाई राम्रो बनाउने हो । सधैँ इतिहास र भविष्यमा दौडेर भएको ऊर्जा खेर फाल्ने होइन ।
कि कसो ?!
जुन प्रसङ्गमा पनि आफूले पढेको विदेशी विश्वविद्यालयको कुरा गर्ने, आफ्नो डिग्रीको कुरा गर्ने, टेलिभिजनमा अन्तर्वार्ता गर्न जानुअघि आफ्नो रेजुमी होस्टलाई घोकाउने र अन्तर्वार्ताअघि पाठ गर्न लगाउने, बिचबिचमा आफूले कति देशलाई सरसल्लाह दिएँ, कति ठूलो ओहोदामा बसेर काम गरेँ भन्ने प्रवृत्ति विद्वता र बुद्धिमताको परिचय होइन भन्ने कुरा थप प्रस्ट हुँदैछ ।
मेरो एउटा अनुमान गलत निस्क्यो । बालेन संसद्मा बोल्न नआएको संसद्प्रति मर्यादा नभएर होइन रहेछ -बोल्ने ढङ्ग नभएर रहेछ ।
यो त राम्रै कुरा हो । ढङ्ग हुनेले धेरै बोलेर पनि केही उपलब्धि भएन ।
तर, आजको उनको प्रस्तुतिबाट उनको कार्यक्षमताबारे शंका बढ्ने चाहिँ देखियो ।
सुगौली संधिपछिका जङ्गे र सहायक पिलर ४०सालदेखि भारतले आवधिक भन्दै यता-उता सारेकाले नेपाली धनीपूर्जा भएका केही जमिन उता र उता रजिस्ट्रेसन भएका केही जमिन यता परेको हो। तर सरकारले 'सीमा-विवाद' र 'दाबी' भन्ने हो, 'हामीले पनि मिचेका छौँ' हैन। यति कुरो जान्न विद्वान भइरहनु पर्दैन।🙏
जेब्रा क्रस बारे केही जानेको जस्तो लाग्छ, के हुँदो रहेछ भने आफू नियम मानेर मान्छेलाई बाटो काट्न दियो आफैलाई पछाडि बाट आउनेले उछिट्टाई देला भन्ने ठुलो पिर हुन्छ ! एक अभियान नै पुरै चलाए मात्रै हुने देखियो !
#समस्या
'प्रधानमन्त्री बालेनलाई एमाले सांसदको प्रश्न–मेयर हुँदा राखिएको ग्रेटर नेपालको नक्सा अहिले खै ?' रे !
मेयरको कार्यकक्षमै होला ! प्रम भए भन्दैमा मेयर कार्यकक्षबाट सामान उठाउन त मिलेन नि ? ;))
The vast majority of Americans oppose data center construction in their area, citing resource, quality of life and cost concerns: https://t.co/VJ71Ido3p4
The man has neither understanding nor regards for the institution he has accidentally come to represent. He is turning a historic mandate into cheap joke. If people think the country should go through four years of this circus, I have nothing to say. https://t.co/Q7Mrec1XNe
सरकारी नीति तथा कार्यक्रममा विज्ञान, वैज्ञानिक अनुसन्धानले 'आत्महत्या' नै गरेछ!
यति धेरै पढे-लेखेका युवाहरू (कतिपय त पिएचडी तर प्राकृतिक विज्ञान न्यून) सम्मिलित सरकारले ल्याएको ४६ पृष्ट लामाे दस्ताबेजमा 'विज्ञान' शब्द कतै परेको देखिएन।
पार्टीको संसदीय दलको बैठकमा दलको नेता नजाने, आफैले बोलाएको संसद बैठकमा राप बोलिरहँदा हिड्दिने, समितीको बैठकमा नगईदिने!
यस्तो देख्ने र हेर्ने बानी पार्नुपर्छ! शुरुमा हल्का अफठ्यारो लाग्छ बिस्तारै बानी पर्छ ;))