पढेर प्रतिक्रिया दिनुहोला😊 @rohitpaudel17
यो माहोल पुन: फर्काएकोमा सबै खेलाडीहरू विशेष गरी कप्तान रोहित पौडेललाई धन्यवाद। असम्भवलाई सम्भवमा परिणत गरिदिएकोमा प्रशिक्षक मोन्टी देशाईलाई विशेष धन्यवाद।
फर्किएको क्रिकेट उत्साह https://t.co/M4WitiAbcQ
लाखौ लगानीकर्ता अनि यो सरकारको ठुलो समर्थक रहेको शेयरबजार दैनिक 100 अङ्कले घट्दा यो सरकार देख्दैन ?सुन्दैन ? सरकार छ है ,काम गर्दै छ है भनेर आत्मविश्वास दिलाउन सक्दैन ? आगोको झिल्को सुरुमा सानो नै हुन्छ!
“लोकतन्त्रमा आफ्नो धारणा राखेकै र कसैलाई समर्थन गरेकै कारण मेरी छोरीमाथि पटक–पटक साइबर बुलिङ भएको छ। रतन कार्कीले पनि भ्रम फैलाएर चरित्रहत्या गरेका छन्, हामी यसका विरुद्ध किटानी जाहेरी नै दिनेछौँ ।” https://t.co/SBvkzJl1bu
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना।
निर्बाचन लोकतन्त्रको सबैभन्दा बलियो र सबैभन्दा सुन्दर पक्ष हो, यस उत्सवमा सबैजना सहभागी बनेर आफ्नो मतदान जस्तो महत्वपूर्ण अधिकारलाई सुरक्षीत गर्न जरुरी छ। भोलि कुनै पार्टिको झण्डाले जित्दै गर्दा या हार्दै गर्दा देशको झण्डाले नहारोस्,देशको झण्डा नझुकोस्,शुभकामना सबैलाई🙏🇳🇵🇳🇵
The energy levels were off the charts at the Wankhede as Nepal got across the finish line against Scotland 📈
Grab your #T20WorldCup tickets now and be a part of such iconic moments at the stadiums 🏟️
https://t.co/Gu0TvUkk1z
नेपाली कांग्रेसका महामन्त्री @thapagk ले केन्द्रीय समितिमा प्रस्तुत गर्नुभएको भाषण साँच्चिकै मन छुने रह्यो। नेतामा यत्तिको दम, स्पष्टता र गहिरो विश्लेषण गर्ने क्षमता हुनुपर्छ।
तर अर्कोतर्फ- एमाले र माओवादी-दुवै कम्युनिष्ट पार्टीका युवा नेताहरू आफ्ना नेताहरूलाई “यहाँ गल्ती भयो, सुधार गर्नुपर्छ” भनेर सिधा भन्नै नसक्नु गम्भीर लाचारीपन हो। नेतृत्वप्रतिको अनावश्यक समर्पणले उनीहरूको आलोचनात्मक चेत कतै हराएको जस्तै देखिन्छ।
आजको समाजले उनीहरूको यस मौनता र व्यवहारलाई कसरी हेर्दैछ भन्ने बुझ्नु अब झनै जरुरी बनेको छ !
आर्थिक रुपमा ठूलो नोक्सानी जुन recover हुन बर्षौ लाग्ने छ, केही यस्तो महत्वपूर्ण नोक्सानी भएको छ जुन कहिल्यै recover गर्न सकिने छैन,सामाजिक सांस्कृतिक नोक्सानी कुनै अंकमा नाप्न सकिँदैन,जुन आजै बाट Feel गर्न सकिन्छ😞
मेरो प्रारम्भिक आकलन जीडीपीको ३-५% क्षति भएको छ, यो अझ बढ्न सक्छ। माओवादी विद्रोह, भूकम्प, नाकाबन्दी र कोभिड महामारीभन्दा ठूलो क्षति भएको छ। सबै कुरा रिस्टोर हुन् र पुन: सहज हुन कम्तिमा एक दशक लाग्न सक्छ।
राष्ट्र प्रमुख र नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेल समेत सुरक्षित रहेनन् । राष्ट्रपति कार्यालय शीतल निवास आन्दोलनकारीको कब्जामा पुगेको छ ।
#onlinekhabar
https://t.co/d3inzZnUjK
विशेष सम्पादकीय : युवाको रगतले लतपतिएको हात लिएर प्रधानमन्त्रीको कुर्सीमा एक मिनेट पनि बस्न मिल्दैन
युवाहरूको यति ठूलो वेदना र बलिदानीपछि समवेदना व्यक्त गरेर मौन बस्ने हो भने हाम्रो समाज मुर्दा सावित हुनेछ ।
https://t.co/BqkjIAwOOg