मेरो प्रश्न : चुच्चे नक्सा त जोडियो तर त्यहाँ का मान्छेलाई राज्यले बाटोको माध्यमबाट कहिले जोड्ने?
प्र म: सरकारलाई थाह छ त्यहाँ बाटो छैन, गोरेटो बाटो को लागि ५ करोड छुट्टाएको छ।
होइन, यो ५ करोड दान दिएको हो? राज्यको नाग��िक प्रतिको दायित्व हुदैन ?
हाम्रो प्रेस र अभिव्क्ति स्वतन्त्रताको अभ्यास नयाँ छ। केहि दिन अगाडि मात्र एक जना नेताले एउटा चलचित्रको पात्रसँग आफ्नो अनुहार मिल्ने भएकाले चलचित्र प्रदर्शन रोक्न अदालतमा रिट नै लिएर जानुभयो। यही नियत सरकारको हो भने यस प्रस्तावित council ले त आम सञ्चारलाई नि��्पक्ष हुनै नदिने भयो!
आफ्नो महात्मय आफै गाएर थाक्नु भयो भने सम्माननीय प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, चश्मा उतारेर हेर्नुस्, नेपाल तपाईँको भनाइ जस्तो समृद्द भइसकेको छैन। कति झुटो सपना बाडिरहने? गर्ने कामहरु धेरै बाकी छन् स्वीकार्नुहोस, सहयोग माग्नुहोस, हामी सहयोग गर्न तयार छौ ।
नेपाली जनताको बलिदान, संघर्ष र साहसको प्रतिक प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। जय देश, जय घन्टी 🙏🔔
VIP हरुलाई helicopter मा उपचार गर्न लगिन्छ जनताका छोरा��ोरीलाई ambulance पनि समयमा पुग्दैन, pickup गाडीमा राखेर अस्पताल पुर्याईन्छ भने हामीले परिवर्तनको नारा किन लगाउने, व्यवस्था को कुरा किन गर्ने? यो विभेद अन्त्य गर्न लागि पर्नु भएको अग्रज पार्टीका नेताले जनतालाई के जवाफ दिने?
भारत भ्रमणका क्रममा उत्तरप्रदेशका मुख्यमन्त्री माननीय आदित्यनाथ योगी जी संग भेटेर जुम्लाको चन्दननाथमा भ्रमण गराउने इच्छाले चन्दनाथ मन्दिरको तर्फवाट निमन्त्रणा पत्र लागेका थियौं । यो पहिलो पत्रचारका लागि @myogiadityanath ji मा हार्दिक आभार । जय कर्णाली पवित्र धार्मिक क्षेत्र 🙏
Rara Holdings ले आज गरेको कार्यक्रममा Rara Resort को शिलान्यास संग-संगै कर्णालीको सुन्दर ठाउँहरु पर्यटकहरुका लागि अझै पहुचयोग्य बनाउने बारेमा छलफल भयो। लगानी गरेर हाम्रो कर्णालीलाई संसारको लागि रमणीय गन्तब्य भनेर चिनाईदिनु हुने लगानीकर्तालाई धन्यवाद तथा शुभकामना 🙏
नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल प्रदर्शनी’मा १ हजार ८० किलोमिटर लामो साहसिक यात्रामार्फत कर्णाली नदीको ��द्भूत सौन्दर्यलाई कैद गरिएको नवीन बरालका ‘कर्णाली नदी’ नामक तस्वीर प्रदर्शनीमा राखिने भएको छ । अवलोकन गरेर आनन्द लिऔ I 🙏
गृहमन्त्री ज्यूले आज सदनमा नेपाल प्रहरी विधेयक प्रस्तुत गर्दै गर्दा मन्त्रालयको स्वच्छ नियत र मनसाय भएको भन्नुभएको थियो। यदि साँच्चै मन्त्रालयको नियत सफा छ भन��� यी आक्रमणकारीहरूलाई कारवाही भएको सुन्न पाइयोस् । 🙏
@moha_nepal
प्रमाण लिएर आउनु भने पछि आज कृषि समितिल��� पोखरा भ्रमण गरेको बेला होटलमा बसेको खर्च विवरण र CCTV फुटेज झिकाएर यस विषयमा छानबिन गर्न पत्र बुझाएको छु। समिति को कार्यमा पनि पारदर्शिता सुनिश्चित गरिनु पर्दछ र छानबिन गरौ, प्रमाण त्यहि छ र सांसदहरु जनता प्रति उत्तरदायी बनौ ।