अभिनेता राजेश हमालले वर्तमान राजनीतिक सन्दर्भमा टिप्पणी गर्दै नेपाली भएकोमा आफूले लाज महसुस गरिरहेको बताएका छन् ।
फेसबुक पोस्टमार्फत उनले युवालाई आशालाग्दो भविष्य दिन नेतृत्व असफल भएको बताएका छन् ।
मन्त्री सवार गाडीले बालिकालाई ठक्कर दिएर भाग्नु कानुनअनुसार अपराध हो, प्रधानमन्त्रीले यसलाई ‘सामान्य’ भन्नु दण्डहीनता र सत्ता–संरक्षित अपराधलाई प्रश्रय दिनुसरह हो ।
यस कारण समस्याग्रस्त छ मन्त्रीको ‘हिट एन्ड रन’लाई प्रधानमन्त्री ओलीले गरेको सामान्यीकरण https://t.co/2Xm50gc67r
आउने चुनावमा गाउँ गाउँमा युवा लाई पाठ पढाएर पुराना पार्टीलाई फालेर रास्वपा, बालेन र कुलमान जस्तो नयाँ generation ल्याउनै पर्छ ।
-पूर्वन्यायाधीश बलराम केसी
यो अन्तरवार्ताको क्लिपलाई साझा नगरी रहनै सकिन। यो सञ्जालमा रहनुहुने धेरैलाई गाह्रो हुन सक्छ सम्हालिनुस् है। तर पारिश्रमिक नै लिएर मलाई गाली गर्न बस्नुभएकाहरूलाई म त्यस्तो केही प्रतिक्रिया दिन्न। किनकि यहाँहरूको पनि त रोजीरोटी चल्नुपर्छ। घरमा बालबच्चा होलान् खुवाउनु त पर्दो हो।
प्रधानमन्त्री @kpsharmaoli ज्यू, प्रतिपक्षमा हुँदा कांग्रेसले कमिसन खाएर गिरीबन्धु टि स्टेटको ७० बिघा जमिन बेच्न दिएको कुराको छानबिन हुनुपर्छ भन्नुहुनथ्यो। अहिले आफै सरकारको नेतृत्वमा हुनुहुन्छ। छानविन हुँदैछ? प्रमाण सुरक्षित छ नि?
भूतपूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अहिले भएका प्रधान न्यायाधीश
प्रकाशमान सिंह राउतलाई यस्तो संघीन आरोप लगाउँदा अदालतको मानहानी हुन्छ कि हुदैन त्यो त थाहा भएन ( हाम्रो देशमा मानहानि व्यक्तिको स्तर हेरेर हुने गर्दछ) तर नेपाली नागरिकको हैसियतले मेरो देशको मानहानी भने अबस्य भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लागेको आरोप सामान्य होइन । 'दुर्गा प्रसाइँले कीर्ते गरेर चरित्र हत्या गर���यो' भनेर छुट पाउने सन्दर्भ होइन । दुर्गा र अरुले मात्र होइन, अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले पनि यस विषयमा समाचार प्रकाशन र प्रशारण गरेका छन, गर्दै आएका छन ।
यस विषयमा सरकारले नै आम नागरिकलाई सत्यतथ्य जानकारी गराउनुपर्ने हुन्छ । 'प्रधानमन्त्रीमाथि अनुसन्धान गर्नुपर्छ' भन्ने आवाज बढ्दै गएको कुरा हेक्का हुनु पर्छ ।
यो सन्दर्भ सामान्य एक व्यक्तिसँग नभएर देशको कार्यकारी प्रमुखसँग जोडिएको छ, राष्ट्रको गरिमासँग जोडिएको विषय हो।
full video : https://t.co/WjHWVWxP67
मिडियामा प्रकाशित प्रधानमन्त्री केपी शर्मा ओलीको नागरिकता नम्बर निर्वाचन आयोगको विवरणसँग नमिलेको देखिएको छ।
यो नागरिकता फेक हो कि मतदाता नामावली नक्कली हो?
यो किर्ते गरिएको हो कि वास्तविक कुरो हो?
यसको छानबिन कस्ले गर्ने?
स्रोत :- IDS (In Depth story)
प्रश्न मीन बहादुर गुरुङलाई होइन। प्रश्न एमालेलाई हो। प्रधानमन्त्री ओलीलाई हो।
ओलीज्यू, प्रधानमन्त्रीले स्वार्थ बाझिने गरी यसरी 'दान' भनेर सरकारले नै मुद्दा चलाएका व्यवसायीसङ अर्बौँको बराबरको सम्पत्ति लिन मिल्छ ?
ओलीज्यू, नेपालको कानुनले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा स्रोत खुलाउन लगाएर मात्र लिनुपर्ने व्यवस्था छ । त्यो सम्पत्तिको स्रोत के हो ? स्रोत जायज छ ?
ओलीज्यू, नेपालको कानुन अनुसार 'आर्थिक सहायता प्राप्त गर्दा दलबाट कु��ै आर्थिक वा व्यक्तिगत फाइदा लिने सर्त गरी प्रदान गर्न र त्यस्तो फाइदा लिने गरी दलले सहयोग प्राप्त गर्नु हुँदैन' भनेको छ।
व्यापारीले बाढी पीडितलाई दान दिन छाडेर तपाईँलाई जग्गा पुण्य कमाउन दिएको पक्कै होइन। 'त्यो सर्त' के हो ? तपाईँले के दिन्छु भनेर त्यो जग्गा लिनुभयो ?
ओलीज्यू, एमालेको पार्टी कार्यालय केही वर्ष अघि मात्र बनेको थियो। पहिला बल्खुमा थियो, अनि च्यासल सर्यो अनि फेरि नयाँ ? यो ��मालेको पार्टी कार्यालय कसले बनाउँदै छ ? कतै यहीँ पनि भ्रष्टाचार त भएको छैन ? यो नै धन्दा त बनेको छैन ? एमालेका साथीहरूले खोज्नुहोला।
अन्तिम प्रश्न, हजारौँ नागरिक घरबार विहीन हुँदा, प्रधानमन्त्रीले पार्टी अफिस बनाउने कि त्यो जग्गा घरबार विहीनलाई उपलब्ध गराउन मद्दत गर्ने ? प्रधानमन्त्री राहत कोषमा कति उठ्यो ?
कानुनी, राजनैतिक र नैतिक प्रश्न प्रधानमन्त्री ओलीलाई हो। मीन बहादुर गुरुङ त व्यापारी हुन्, उनले 'राम्रो घाटा नहुने ठाउँमा' लगानी गरे।
भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङले झण्डै १ अर्वभन्दा बढी पर्ने १० रोपनी १४ आना जग्गा एमालेलाइ दान गर्नुभयो ! दानविर दुबै जनालाइ उच्च सम्मान छ!