AI developer गणितज्ञ नै भन्दैछन, १० वर्षमा हामी सबै AI द्वारा मारिने छौ ।
सिधा प्रश्न- जन्दाजान्दै AI र Superintelligence कै विकासमा ठूलो लगानि चाहिँ किन बौलाहा गतिमा भैरहेको छ?
Safe in caring arms. A tiny 45-day-old baby, rescued from the floods in Rasuwa, Nepal. In the middle of so much devastation, this little life reminds us that humanity never stops reaching for hope.
A truly rare and priceless moment! 👑🇳🇵
Seeing His Majesty King Gyanendra Shah so closely was an experience beyond words graceful, majestic, and deeply memorable. Such an unexpected encounter feels like a blessing and a moment to cherish forever.
Witnessing the royal presence of His Majesty at Jhapa Airport was truly an honour. Some moments in life cannot be measured in words, and this was certainly one of them. 🙏🏻🇳🇵👑
कलिलो उमेरमा देश छोड्ने। नागरिकता र राहदानी त्याग्ने। अनि २–३ दशक नेपालसँग लगभग सम्बन्धविहीन भएर हराउने।
तर अवकाश नजिकिँदै गएपछि अचानक देशप्रेम जाग्ने।
त्यसपछि नेपाल बिग्रियो, नेपाली यस्ता भए, नेता उस्ता भए भनेर गालीगलौज सुरु। आफूले त्यागेको नागरिकतालाई “कागजको खोस्टो” भन्ने, तर फेरि त्यही देशमाथि सबैभन्दा ठूलो नैतिक अधिकार जमाउने।
जन्मभूमिको माया लाग्नु स्वाभाविक हो। तर प्रश्न पनि स्वाभाविक छ, यो माया २०–३० वर्ष कहाँ थियो?
कतै यो देशप्रेमभन्दा बढी रिटायरमेन्ट प्लान त होइन?
विदेशमा बुढेसकाल महँगो हुन्छ। केयर होमको जीवन आउँछ। नेपालमा आफन्त छन्, सेवा सस्तो छ, सामाजिक घेरा छ, अनि अन्तिम यात्राका लागि पशुपति पनि छँदैछ।
तर सबैलाई एउटै डोकामा हाल्न मिल्दैन।
विदेशमा बसेर पनि नेपालका लागि निरन्तर सोच्ने, योगदान गर्ने, ज्ञान–सीप जोड्ने, सहयोग गर्ने र असहमति हुँदा पनि सभ्य भाषामा बहस गर्ने धेरै नेपाली छन्। दूरीले उहाँहरूको जिम्मेवारी घटाएको छैन। उहाँहरू सम्मानका पात्र हुन्। उहाँहरूलाई नमन।
तर दशकौँ देशसँग मतलब नराख्ने, केही योगदान नगर्ने, नागरिकता र देशलाई होच्याउने, अनि बुढेसकाल नजिकिँदा अचानक राष्ट्रवादको ठेक्का लिनेहरूलाई चाहिँ प्रश्न गर्नैपर्छ।
नेपाल तपाईंको रिटायरमेन्ट होम मात्र होइन।
नेपालीहरू तपाईंको बुढेसकालको सेवा प्रणाली पनि होइनन्।
र देशप्रेम गालीगलौजको लाइसेन्स त झन् हुँदै होइन।
यो पोस्ट कसैलाई “ठेस” लाग्यो भने,
सायद ठेस सही ठाउँमै पुगेछ भनेर बुझौं। #तथास्तु
राजाका पालामा केहि नियम यस्ता थिए - 👇🏻
• उपल्लो मुस्ताङ्ग तिर विदेशलाई जान पूर्ण प्रतिबन्ध थियो। तत्कालीन सरकारका अधिकृतहरू समेत CDO को अनुमति बिना त्यो ठाउँ घुम्न जान पाउँदैनथे। यो नियम राजा ज्ञानेन्द्रको पाला सम्म कायम थियो। गणतन्त्र आइसके पछि त्यो ठाउँ खुल्ला भयो।
• कुनै पनि विदेशी दुत, राजदुतहरु आफू खुशी घुम्न पाउँदैनथे। उनीहरुले नेपाल सरकार पररास्ट्र मन्त्रालयको स्पस्ट अनुमति लिनु पर्थ्यो काठमान्डौ बाहिर जानलाइ।अनुमतिमा कुन दिन कुन स्थान र के कारणले घुम्नु पर्ने सबै बिस्तृत बताउनु पर्थ्यो।
यो निरंकुशता थियो होला कि भूराजनीतिका बारेमा बढी चिन्तित थिए होलान राजाहरु??
मलाई आफ्नो योग्यता, क्षमता र कार्ययोजना प्रस्स्तुत गर्ने आधारभूत अवसरबाटै बन्चित गरियो। अनि transparency, meritocracy र स्वस्थ प्रतिस्पर्धाको दावि कसरी स्थापित हुन्छ ? र स्वार्थ विनिमयको कुरा किन कतै उठेन ? https://t.co/9dOzJzUhGu
फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्सद्वारा “FACTS of NEPAL 2026” सार्वजनिक
११औं संस्करणले नेपालको राष्ट्रिय, आर्थिक, सामाजिक र राजनीतिक अवस्थाको तथ्याधारित चित्र प्रस्तुत गर्छ
काठमाडौं, नेपाल — फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स (फ्याक्ट्स नेपाल) ले “FACTS of NEPAL 2026” को ११औं संस्करण सार्वजनिक गरेको छ। यो प्रकाशन नेपालका राष्ट्रिय, आर्थिक, सामाजिक र राजनीतिक पक्षहरूबारे तथ्याधारित जानकारी प्रदान गर्ने उद्देश्यले तयार पारिएको हो।
२०२६ संस्करणले प्रकाशनको दीर्घ अनुसन्धान परम्परालाई निरन्तरता दिँदै रङ्गीन अर्थतन्त्रको ढाँचामा १० वटा खण्ड मार्फत महत्वपूर्ण जानकारी प्रस्तुत गरेको छ। यस संस्करणमा राष्ट्रिय तथा प्रादेशिक प्रोफाइल, Green Economy, White/Formal Economy, Purple Economy, Gold Economy, Red Economy, Orange Economy, Grey Economy, Political Economy, तथा फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स सम्बन्धी विशेष खण्ड समावेश छन्। प्रत्येक खण्डले नेपालको प्रमुख क्षेत्रहरू र विकास प्राथमिकताबारे सन्दर्भगत तथा विश्लेषणात्मक जानकारी प्रदान गर्छ। यी खण्डहरूले कृषि, प्राकृतिक स्रोत, स्वास्थ्य, सामाजिक कल्याण, वित्त, बैंकिङ, व्यापार, उद्योग, पूर्वाधार लगायतका प्रमुख क्षेत्रहरूलाई समेट्छन्।
यी विषयगत खण्डहरूले नेपालका आर्थिक र सामाजिक प्रणालीहरूको अझ संरचित र तथ्याधारित बुझाइ प्रदान गर्ने उद्देश्य राख्छन्। अर्थतन्त्रका रङहरू भन्ने अवधारणा विभिन्न क्षेत्र, प्रणाली र विकासका चरणहरूलाई वर्गीकृत गर्ने रूपकात्मक ढाँचा हो।
फ्याक्ट्स रिसर्च एन्ड एनालिटिक्स प्रा. लि. सन् २०१२ मा स्थापना भएको निजी अनुसन्धान संस्था हो, जसले Retail Audit Services (RAS), Customized Research, Media Outreach, र Campaign Strategy मा काम गर्दै आएको छ। संस्थाले टेलिभिजन, पत्रपत्रिका, जर्नल तथा अनलाइन मिडियासँग सहकार्य गर्दै तथ्यांक र सूचनालाई चर्चा तथा इन्फोग्राफिक्समार्फत प्रस्तुत गर्दै आएको छ।
FACTS of NEPAL 2026 को मूल्य रु. ५०० रहेको छ र यो Kathalaya वितरण साझेदारमार्फत देशभरका प्रमुख पुस्तक पसलहरूमा तथा https://t.co/NcfpA4KtzR मार्फत अनलाइन उपलब्ध हुनेछ।
थप जानकारीका लागि:
सम्पर्क: +९७७ १-४५६९९२४ | ९८०१८८६३३२ | ९८०१८८६३६६
वितरण साझेदार, Kathalaya Inc