❤️….
दिनका पारिला घांमहरु अस्ताएपछि ,
सांझको अधेंरीलाई स्वागत गर्नुपर्छ,
जुनकिरीको आवाजमा रमाउनु पर्छ ,
र सुनसान रातको कोलाहल गड्याङ्गुडुङ र झरीपनि सहनुपर्छ।
त्यसैले जीवनचक्रमा आउने सबै परिस्थितिको सामना गर्दै पाइला चाल्नुपर्छ यो नै जिन्दगीको अन्तिम दायित्व हो !🦋
सत्ता र शक्तिको दुरुपयोग गणतन्त्र पछाडी माओवादीले गर्यो, त्यो पछाडि काङ्ग्रेस, एमाले, नेकपाले पटकपटक गरे त्यहि दुरुपयोग गर्नाले जनतामा चरम निराशा पैदा भयो।
लामो यात्रा गर्ने हो भने रास्वपाले पहिलो पाइला बाटै संयम हुन जरुरी छ Rule of law भएको देशमा कानुन भन्दा माथि कोहि पनि हुदैन
सार्वजनिक बस्तीमा भएका हिन्दु, बौद्ध मन्दिर भत्काउनु पर्ने के बाध्यता होला है? ती मन्दिर त जो कोहि गएर आफ्नो धार्मिक आस्था जताउन पाउथे होला नि भोलीका दिनमा?
धैर्य राख्नेले १ कदम पछि सरेर २ कदम अगाडि बढ्न सक्छ, अहिले राजनीतिमा छुच्चाहरुको जमात धेरै छ त्यसैले मौनताले नै जित्छ।
संकल्प समाज बदल्ने हुनुपर्छ , राजनीतिक दल बदलेर समाज बदलिदैन ,हिजो उनीहरु थिएनन जो आज हामीले क्रान्ति गरेको भनिरहेका छन, आज उनीहरु छैनन जो हिजो अग्र पंतिमा थिए।
तपाईं समाज बनाउन र बदल्न हिडेकाे हो भने अवश्य पनि समाजले प्रश्न गर्छ र साे प्रश्नको सामना गर्ने हिम्मत र सहि उत्तर दिने दायित्व तपाईं आफ्नो हो महाेदय 🙏
तपाईं अगाडि बढ्न नछाड्नुस् र हिम्मत पनि नहार्नुस् !
#ज्ञान_समाप्त
#भ्रष्टाचार
विगतको दशकमा पनि हाम्रो देशमा भ्रष्टाचार चरम मात्रामा थियो तर संचारकाे पहुँच कम थियो र अाम जनताले कम जानकारी पाउथे,अहिले पनि भ्रष्टाचार छ तर संचारकाे डरले भए पनि न्युन छ र गलत भएको कुरा अाम जनताले सजिलै थाहा पाउछन्।
❤️....
कयौं देखिएका भन्दा,,
नदेखिएका सपनाहरू स्वर्णिम हुन्छन्
त्यसैले त भनिन्छ ....
हरेक सालको सुरुवातले सपना देखाउछ,
र हरेक सालको अन्त्यले ऐना देखाउछ....
🙏
उहाँकाे क्षमतामा कुनै प्रश्न छैन तर काङ्ग्रेसको हली बनेर उनले अरुलाई तुच्छ गाली मात्रै गरेका थिए पछिल्लो १० बर्ष अझ नयाँ दल र नेतालाई त अश्लील गाली पनि गरे जुन उनको पेशागत धर्म र मान्यता थिएन।
र २५/३० बर्ष डाक्टरकाे सेवा गरेको मान्छे विदेश जाने आउने गर्ने कुरा अति सामान्य हो 🙏