आजको PCR परीक्षण रिपोर्टमा
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।
नेपालले भारतीय रेल कम्पनि KRCL बाट रु.८४ करोड ६५ लाखमा खरिद गरेको DEMU 2 सेट रेल जनकपुर ल्याई टेस्टिङ र कमिसनिङ गरियो। जयनगर-जनकपुर रेलमार्ग निर्माण सहयोगका लागि भारत सरकारलाई धन्यवाद ! यस्ता सहकार्यले दुई देशका जनता थप लाभान्वित हुनेछन र हाम्रा सम्बन्धहरु झन प्रगाढ बन्दै जानेछन।
चिनिया राजदूत र जापानीज राजदूत सग शिष्टाचार भेटघाट भयो। दुई पक्षीय समझदारी तथा सम्झौता भए बमोजिम सुरूङ मार्गहरू, सडकहरू स्तरोन्नती, दोस्रो रिङरोड निर्माण तथा रसुवागढी-काठमाडौ रेलमार्ग को सम्भाब्यता अध्ययन र सडक तथा सुरुङ्ग मार्ग निर्माण बारे जापान सहयोगको चासो जानकारी भयो ।
बितेका दुई दिनयता म एप���न्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।