खरानी दस्ताले सामूहिक रिपोर्ट र अनधिकृत लगिन गर्ने कोशिस गरेपछि @X ले मेरो एकाउन्ट @nepaldiary लक गरिदिएको छ । तिमिहरू लाख कोशिस गर, मेरो आवाज दबाउन सक्दैनौ ।
“बोल कि लब आज़ाद हैं तेरे,
बोल कि ज़ुबाँ अब तक तेरी है।” (फ़ैज़ अहमद फ़ैज़)
Nepal Police just rolled out a new elite service: “Premium Police Pick‑and‑Drop Healthcare Package™” — complete with home pickup, hospital escort, and safe return.
Would ordinary citizens ever get this treatment? 😃
सामान्य नागरिकले कहिले पाउँछ यस्तो सेवा? @NepalPoliceHQ
Ladies and Gents !
“Premium Police Pick‑and‑Drop Healthcare Package™”
Thank you for your kind attention !
@NepalPoliceHQ@ShahBalen
त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीलाई प्रहरीले आज परिवारको जिम्मा लगाएको हो ।
(सत्ताको सधैँ विरोधी नै रहियो, आजसम्म, तर त्यो भन्दा पनि बढी डरलाग्दो चैँ आउने दिनमा देख्दछु,
सत्ताको भन्दा ठुलो विरोधी ' मिडिया' को बन्न पर्नेछ नेपाली समाजले।)
यो कुरा मैले भनेको होइन, सम्झाइदिएको!
आदरणीय प्रदीप गिरिले आफ्ना भनाइहरूमा बारम्बार महाभारतको प्रसङ्ग उल्लेख गर्नुहुन्थ्यो र एउटा मर्मस्पर्शी श्लोक उच्चारण गर्नुहुन्थ्यो:
"ऊर्ध्वबाहुर्विशौम्येष न च कश्चिच्छृणोति मे।
धर्मादर्थश्च कामश्च स किमर्थं न सेव्यते॥" ✪
यसको अर्थ हो— म दुवै हात उठाएर चिच्याइरहेको छु, तर मेरो कुरा कसैले सुन्दैन। धर्म (कर्तव्य) बाट नै अर्थ (सम्पत्ति) र काम (सुख) को प्राप्ति हुन्छ, तर मानिसहरू किन सुन्दैनन्?
प्रदीप गिरिले यो श्लोकमार्फत सम्भवतः हामी र हाम्रो समाजले आफ्नो मौलिक 'धर्म' अर्थात् कर्तव्य बिर्सिएको तर्फ सङ्केत गर्नुभएको थियो।
तर मैले उठाउन खोजेको प्रसङ्ग यो समाजको चौथो स्तम्भ प्रति छ ।
पत्रकारिताको धर्म सत्ताको भजन गाउनु वा स्वार्थको पछाडि कुद्नु होइन, बरु सत्यको पक्षमा उभिनु र लोकतन्त्रको रक्षा गर्नु हो।
यही 'स्वधर्म' त्याग्ने प्रवृत्तिको एउटा ज्वलन्त उदाहरण छिमेकी मुलुक भारतमा देखियो। सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि भारतीय पत्रकारिताको मौलिक चरित्रमा व्यापक परिवर्तन आयो। जुन मिडियालाई कुनै समय लोकतन्त्रको 'वाचडग' (Watchdog) अर्थात् खबरदारी गर्ने पहरेदार मानिन्थ्यो, त्यो बिस्तारै सत्ताको काखमा बस्ने 'ल्यापडग' (Lapdog) मा परिणत हुन पुग्यो। भारतको पत्रकारितालाई यो 'स्पाइनलेस' (मेरुदण्डविहीन) अवस्थामा पुग्न कम्तीमा दुई वर्षको समय लागेको थियो।
सुरुका वर्ष मिडियाले मोदीलाई 'विकास पुरुष' को रूपमा चित्रित गर्दै 'शङ्काको सुविधा ' दियो, तर सन् २०१६ को नोट बन्दी र जेएनयू विवादसम्म आइपुग्दा मिडियाले स्पष्ट रूपमा वैचारिक आत्मसमर्पण गर्यो र प्रश्न सोध्नेहरू,विद्यार्थी, विपक्षी दल ,अल्पसङ्ख्यक र नागरिकलाई नै 'देशद्रोही' करार गर्न थाल्यो।
तर, नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने यो चित्र अझ डरलाग्दो र तीव्र देखिएको छ। भारतमा मिडियाले सत्ताको अगाडि घुँडा टेक्न कम्तीमा दुई वर्ष लगायो, तर नेपालमा त नयाँ सरकार बनेको एक महिना पनि नबित्दै सञ्चारमाध्यमहरूको एउटा तप्का जसरी 'पाठ पूजा, मङ्गल धुन र भजन कीर्तन' मा उत्रिएको छ, त्यो उदेकलाग्दो छ।
यति चाँडै नेपाली मिडिया यसरी 'स्पाइनलेस' होलान् भन्ने संभवत कसैले सोचेको थिएन।
जब समाजको पहरेदार मानिने मिडियाले नै आफ्नो 'धर्म' भुलेर सत्ताको भजन गाउन थाल्छ, तब प्रदीप गिरिले महाभारतलाई उद्धृत गर्दै भनेझैँ, सत्यको आवाज सुन्ने कोही हुँदैन। उहाँले यो कुरा हामीलाई 'भन्नुभएको' मात्र होइन, बरु समयमै आफ्नो कर्तव्य नभुल्न 'सम्झाइदिनुभएको' थियो। तर आजको मिडियाको हतारो र आत्मसमर्पण देख्दा लाग्छ—हामीले उहाँले सम्झाइदिएको त्यो 'स्वधर्म' निकै सस्तो मूल्यमा सत्ताको पाउमा चढाइसकेका छौँ।
✪ फुटनोट :
✪ महाभारत स्वर्गारोहण पर्व (अठारौँ पर्व), अध्याय ५, श्लोक ४९ ( भारत सावित्री खण्ड)
✪ (गीता प्रेसको संस्करणमा यो श्लोक क्रम सङ्ख्या ६२ मा राखिएको छ। )
✪ इमां भारतसावित्रीं प्रातरुत्थाय य: पठेत् । स भारतफलं प्राप्य परं ब्रह्माधिगच्छति ॥
✪ अथार्त, जसरी गायत्री मन्त्रलाई वेदहरूको सार मानिन्छ, त्यसरी नै भारत सावित्रीलाई महाभारतको सार–मन्त्र मानिन्छ। यो महाभारतको अन्तिम नैतिक–दार्शनिक सार हो।
गगन थापालाई घोषित प्रधान मन्त्री उम्मेदवार बनाएर एक्लै केन्द्रीय निर्वाचन लड्ने र देश भरि सक्षम युवा नेताहरुलाई प्राथमिकतामा उठाउने हो भने नेपाली काँग्रेसले बाम एकता भन्दा ठूलो लहर ल्याउन सक्छ।
अब नेपाली काँग्रेस आबद्ध युवाहरुले यस्का लागि मोर्चाबन्दी शुरु गरौं।