ट्राफिक प्रहरी कार्यालय दाङले आर्थिक वर्ष २०८२/०८३ मा ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार ५६३ सवारी साधनलाई कारबाही गरी एक करोड ५२ लाख ६० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यस अवधिमा सबैभन्दा बढी मोटरसाइकल चालकलाई कारबाही गरिएको छ।
#NepalNews#Nepal
https://t.co/IN0t7KhGv5
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ । सिफारिस समितिले योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत गरेको जनाएको छ ।
#NepalNews#Nepal
https://t.co/SLn5Ru4AsQ
जिल्ला प्रहरी परिसर काठमाडौंले गत आर्थिक वर्षमा दर्ता भएका ६१ प्रतिशतभन्दा बढी मुद्दाको डिजिटल अभिलेख तयार गरेको छ। यसका साथै, प्रहरीले काठमाडौंमा गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्न १,८७१ जनाको प्रोफाइल पनि तयार पारेको छ।
#NepalNews#Nepal
https://t.co/adJu64ApEv
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनमध्ये १३ जनाको आवेदन स्वीकृत भएको छ। कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले योग्यता तथा मापदण्ड पूरा गरेका १३ जनाको आवेदन स्वीकृत गरेको जनाएको छ।
#NepalNews#Nepal
https://t.co/WPnv1C42ee
काठमाडौंको महाराजगञ्जमा ईभी माइक्रोले आठ वटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। प्रहरीका अनुसार लमजुङ घर भएका रामकृष्ण अवालको उपचारका क्रममा मृत्यु भएको हो।
#NepalNews#Nepal
https://t.co/aKmq2MyiFH
तनहुँको व्यास नगरपालिका-७ स्थित कलेस्ती पुलमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। प्रहरीका अनुसार बस अनियन्त्रित भई पुलमा ठोक्किएर दुर्घटना भएको हो। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जनाइएको छ।
#NepalNews#Nepal
https://t.co/hORARL1xKg
सेन्ट्रल एसियाली भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत पाकिस्तानको इस्लामावादमा भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको छ। यो प्रतियोगितामा नेपालको लगातार तेस्रो हार हो।
#NepalNews#Nepal
https://t.co/Wz1tZYmojG
धनुषामा प्रहरीले हवाई फायर गरेर दुई भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ। पक्राउ परेका दुवैजना भारतीय नागरिक हुन्।
#NepalNews#Nepal
https://t.co/1nho44jd3o
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले स्वास्थ्यसम्बन्धी गम्भीर समस्याका कारण आफ्नो कार्यकाल सकिनुअघि नै शुक्रबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि सभामुखले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्।
#NepalNews#Nepal
https://t.co/zUA7lcQXbF
स्पेन सरकारले म्याड्रिडको मध्य क्षेत्रमा ठूलो डढेलो लागेपछि राष्ट्रिय आपतकाल घोषणा गरेको छ। सुरक्षाका लागि करिब १० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। यस वर्ष स्पेनमा एक लाख हेक्टरभन्दा बढी जमिन डढेलोका कारण नष्ट भइसकेको छ।
#NepalNews#Nepal
https://t.co/giKd56xzQt
प्रहरीले ठमेल र दरबारमार्ग क्षेत्रमा अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिलालाई पक्राउ गरी ४७ जनालाई देश निकाला गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामध्ये १० जनामाथि थप अनुसन्धान भइरहेको छ।
#NepalNews#Nepal
https://t.co/2K7wHpi3V1
पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज घरेलु टोली पाकिस्तानको सामना गर्दैछ। यसैबीच, अस्ट्रेलियाका विश्वकप स्टार क्रिस्टियन भोल्पाटोमाथि कोकिन सेवन गरेको आरोप लागेको छ।
#NepalNews#Nepal
https://t.co/QJ7ZWpm9KW
ललितपुरमा एक महिला सेवाग्राहीलाई दुर्व्यवहार गरेको आरोपमा पठाओ चालक प्रविन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।
#NepalNews#Nepal
https://t.co/cdAboYg38N
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने तयारी गरेको छ। विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउने उद्देश्यले यो कदम चालिएको हो। यसका लागि नीतिगत निर्णय अन्तिम चरणमा पुगेको छ।
#NepalNews#Nepal
https://t.co/qXRzDSFhj7
सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमणमा गएका कारण दोस्रोपटक कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश शर्मा साउन ११ गते स्वदेश फर्कने कार्यक्रम छ।
#NepalNews#Nepal
https://t.co/jhwjnQNExC
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले ४४.४ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको छ । यससँगै नेपालले नेदरल्याण्ड्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
#NepalNews#Nepal
https://t.co/oy0kHcxFmi
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा भारत प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले कान्तसँग दुईपक्षीय भेटवार्ता गर्ने र भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।
#NepalNews#Nepal
https://t.co/kE1ldDWsP3
सिराहाको लहान नगरपालिका–३ मा प्रहरीले नास्पातीका क्रेटभित्र लुकाइराखेको अवस्थामा करिब ६५३ केजी लागूऔषध बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले एक पिकअप गाडीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
#NepalNews#Nepal
https://t.co/DdBqRmq5eG
आईसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ प्रदर्शन गरेको छ। नेपालले ८१ रन जोड्दा पाँच विकेट गुमाएको छ। यसअघि नामिबियासँग पराजित भएको नेपालका लागि यो खेल लिग–२ मा पुनरागमन गर्ने अवसर हो।
#NepalNews#Nepal
https://t.co/fBdRm0qizo
प्रहरीले सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध भ्रामक सामग्री फैलाएको आरोपमा अभियन्ता वेदिका केसीलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको छ। केसीलाई थुनामा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप गरिएको छ।
#NepalNews#Nepal
https://t.co/7Q7dm6lCdb