वाह! लोकतंत्र
३५ बर्षको मेरो टेलिभिजन यात्रामा पहिलो पटक, बनेर तयार कार्यक्रम हेदै नहेरी व्यवस्थापनको हवाला दिंदै प्रसारण नगरिने जानकारी AP1HD बाट प्राप्त भएकोले, खेदपुर्ण रुपमा संपूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु।
आजको कार्यक्रम
Sajhakatha youtube channel @ 8pm
#सुचनाकोहक
सांसदहरूले आफ्नो अधिकार र कर्तव्य प्रयोग गरे भने देशको मोहरा बदल्न सक्छन्।
अचेल बालेन शाह र हर्क सम्पांगको काम देखेर जनताले सांसदहरूलाई “तिमीहरुले के गर्यौ ?” भनेर औंला ठड्याउदै छन्। सांसदहरुको जवाफ़ हुने गर्छ “सांसदको केही अधिकार नै छैन।” किन छैन अधिकार ? अनेक बिल पेस ग़र संसदमा। पास नभए जनताकोमा जाओ।
१. उद्योग व्यवसाय खोल्न, चलाउन, किन्न र बेचन सजिलो हुने क़ानून बनाउन अनेक बिल पेस ग़र। देश जनताले बनाउने हो। जनतालाई उद्यमी बन्न सजिलो हुने वातावरण बनाओ।
२. निजी बिस्व विद्यालय खोल्न सकिने क़ानून बनोस्। सरकारी बिस्व विद्यालयले उच्च शिक्षा सखाप पारे।
३. न्यायधीशहरु पार्टी नेताहरुको भागबन्डा बाट छानिने प्रथा बन्द गर्न क़ानून परिमार्जन होस्। पार्टीका झोलेहरु ठाडै सर्वोच्च पुगेर क़ानून नै कट्टु भित्र हालेर हिडे।
४. आयल निगम, नेपाल एयरलाइन्स, योजना आयोग जस्ता थोत्रा सरकारी निकाय खारेज गर्न क़ानूनी बाटो खोल।
५. नेपाल अख़्तियार निवारण आयोग घुस मण्डली हो। यसलाई खारेज गरेर महा न्यायाधिवक्ता र CIB को कार्यालयलाई स्वतन्त्र र शक्तिशाली बनाउने क़ानून बनोस्। अमेरिकाको FBI र इण्डियाको CBI जस्तै नेपालको CIB शक्तिशाली बनोस्।
यी त साधारण उदाहरण हुन्। यस्ता अनेक जन सरोकारका विषय छन् जुन सांसदहरुले संसदमा उठाउन सक्छन्। तर कोहि चूँ गर्दैनन्। ख़ाली TikTok मा कसरी भाईरल हुने भन्ने दाउमा छन् नेपालका अधिकतम सांसदहरु।