समाजलाइ कुरा काट्न मज्जा लाग्छ ; जति राम्रो गरे’नि “ब्याकबाइट” भइरन्छ । त्यसैले जे ठिक र सजिलो लाग्छ त्यही गरौं ; अति चोथालेहरुलाइ प्रष्टिकरण दिन सकिन्न !!
पोहोर भाटभटेनी जलाएर रक्सीदेखि चाउचाउसम्म चोर्ने खरानेहरु पनि अहिले सस्तो चिनी खोज्दै त्यता जान थालेछन् । फेरि चोर्लान् है, यी कुकुरहरुलाई लाज शरम लाग्दैन क्यारे !
भाषण गर्दा प्राय: नेपालीले बुझ्दै नबुझ्ने अप्ठ्यारा अंग्रेजी मिसाउनु अनि ठगठाग गर्ने भ्रम छर्ने यि वाग्ले पहिला एउटा कुरा बोल्ने पछि आफैले बोलेका कुरालाई आफैं काट्ने ! हजार जिब्रा भएका शेष नाग भन्दा पनि अपरम्पार छ यिनको लिला ! आफै अब्बल छु भन्ने अनि कर केमा लाउने भनेर सोध्ने ?
सत्ताकब्जा गर्न रास्वपा छिरेका रास्वपा ईन्भेडर बालेनका स्यानाब्यानाहरु प्रायजसोले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने ॲाटसम्म गरेनछन।
यिनीहरुलाई राम्ररी थाहा छ गोप्य मतदानबाट निर्वाचित हुनु भनेको सिंहदरवार जलाउनु र छानीछानी गणतन्त्रवादीहरुको घरहरु जलाउनु र तोडफोड गर्नु जस्तो हैन।
स्वर्णिम बजेटको चुरो र आर्थिक दर्शन भने कट्टर नवउदारवाद (Neo-liberalism) र सम्भ्रान्त वर्गलाई पोस्ने सप्लाई–साइड इकोनोमिक्स (Supply-side Economics) को जगमा उभिएको छ।
६ सदस्य भएकाे संवैधानिक परिसदमा ३ मतले निर्णय गर्ने रे?बहुमतीय व्यवस्थामा बहुमत निर्णायक हुन्छ हाेइन?बालेन-रवि सरकाे निरङ्कुशतामुखी स्वार्थ साध्न आधा मत निर्णायक हुने हाे भने याे परिषदलाई विघटन गरेर बालेन-रवि सरकाे ठाडाे हुकुमी शासन चलाए भैगाे नि।बित्थामा किन जाली विधिकाे अभिनय?
सपना मल्ल प्रधानन्यायाधीश भएन भनेर के खुसी हुनु ? हाम्रो भाउजूको हत्यारालाई हमदर्द देखाएर फैसला गर्ने अर्को अंशियार मनोज शर्मा प्रधानन्यायाधीश भयो ।
एउटै व्यहोरामा एउटा गलत र अर्को असलको भाष्य सत्ताको स्नूकर खेलाई मात्रै हो - न्यायको कुनै चिन्ता होइन !
पुलिस, अख्तियार निगम आदिमा राजनिति छिर्यो तर पुराना दलहरूले सेना र अदालतको नेतृत्वमा कसैले-कहिल्यै विधि मिचेनन् ।
तर आज अदालतमा सरकार छिर्यो। सपना मल्ल जसले केपि ओलिको दुई दुई पटकको संसद विघटनलाई रोकिन, उनैलाई त्यही दलिय इतिहासबाट मुक्त छैनन् भन्ने ठानेर नियुक्ति गरिएन ।