चिन्ता मन्त्रीहरुको सम्पत्ति धेरै हुनु होइन, चिन्ताको विषय त यो हो, नेपालीहरु अनुत्पादक क्षेत्रमा मात्रै किन लगानी गर्छन् ?
अनि साँच्चै प्रश्न गरेर नथाक्ने हामी कति जनाको PAN छ? 🤔
उहिले तारानाथ शर्माले घनघस्याको उकालो चढ्दै गर्दा, भिडियो क्यामेरा हुँदो हो, त नियात्रा लाई कसरी पढ्दाहौँ, @hernekatha को घनघस्याको उकालो फेरि चढ्दा फेरि हेर्दा झल्यास्स भएँ ।
त्यस्तै देश रुग्ण नहुँदोहो त.. ? भन्ने बनाउने २०८२ लाई मिठो सम्झना, सहित नयाँ वर्ष २०८३ को शुभकामना ।
यो राजनिति हेर्दा जति अप्रत्यासित देखिन्छ, त्यति नै पुर्व निर्धारित पनि देखिन्छ । त्यसैले कहिँ कतै MCC जस्तै भो भो भन्दा भन्दै राजा आइहाले भने एमाले काङ्ग्रेसको तँ रोए झैँ गर म कुटे झैँ गर्छु वाला अभिनय असामन्य नमान्दा हुन्छ ।
अनेकार्थी शब्द सँग ठुलो शक्ति हुन्छ, यिनिहरु फरक फरक परिभेषमा सजिलै घुल्न सक्ने मात्रै होइन घुलाउन पनि सक्छन् । अपसोच यिनिहरु एक्लै भए भने कुन अर्थ दिन्छन् ? कि निपात जस्तै हुन्छन्, मिलनसार हुने दौरानमा म पनि तिनै अनेकार्थि जस्तै भएँ कि ? कि निपात नै ?
जल्नु भनेको आगो लाग्नु मात्रै हो र सकिनु भनेको खरानी हुनु मात्रै हो भन्ने बुझेकाले सिंहदरवार जलेको पहिलोपटक देखेछन् , अनि रोएको असफल अभिनय मञ्चन गरे । साहित्य पढेनन् , इतिहाँस त गार्है हुने भो ।
छुटिनुको अर्थ टुट्नु मात्रै होइन,गति नमिलेर अगाडि जाने लाई पो भेट्न नसकिएला, पछाडि छुटेकाले त गति मिलाई दिए भेट्छन् नि ।
आखिर कुरा गन्तव्यको नै त हो नि ।
@jagdishkharel1 पत्रकार जगदिश खरेल आज इमेज टि.भि. बाट बिदाई हुँदा साँच्चै मन ग्रहौँ भयो , सायद पत्रकार हुँदा आफ्नै प्रश्न सोधिदिएको अनुभुतिको आत्मियताले होला अब को बोल्दिन्छ जस्तो भयो, तर अब उत्तर दिन पुग्नुभएको छ, आत्मियता मन्त्री पदबाट बिदाई हुँदा पनि रहिरहोस् ,हृदय देखि नै शुभकामना। ♥️
पत्रकार जगदिश खरेल आज इमेज टि.भि. बाट बिदाई हुँदा साँच्चै मन ग्रहौँ भयो , सायद पत्रकार हुँदा आफ्नै प्रश्न सोधिदिएको अनुभुतिको आत्मियताले होला अब को बोल्दिन्छ जस्तो भयो, तर अब उत्तर दिन पुग्नुभएको छ, आत्मियता मन्त्री पदबाट बिदाई हुँदा पनि रहिरहोस् ,शुभकामना।
@jagdishkharel1
प्रत्येक आन्दोलनले कोहि न कोहि लाई विस्थापित गर्छन् नै यसरी विस्थापित हुनेले लौ देश छोड्छन् रे भनियो, देश छोडको नारा पनि लगाइयो तर
२०४६ पछि पञ्चे भागेनन् २०६२-६३ पछि राजा भागेनन् ,२०८२ मा श्री ३ पनि भागेनन्। साँच्चै नै हाम्रो देश स्वर्ग नै हो क्या छोड्नै मन नलाग्ने ।
सुजन चापागाईँको रुपै सुन्दर मेरी हजुर धपक्कै बलेकीमा जुन मुहार प्रयोग गरेर Tiktok बनेका थिए , तिनै मुहार प्रयोग गरेर फेरि आज म त नराउरीमा Tiktok बनेछन् । सायद यहि होला गतिशिल हुनु भनेको ।
देवताहरुमा श्रीकृष्ण मेरा प्रिय छन । भगवान राम जस्तै उनी पर्फेक्ट छैनन । मलाई पर्फ़ेक्ट कुराहरु बोरिङ लाग्छन । चाहे ती भगवान नै किन नहोउन । कुन अवस्थामा मर्यादा पुरुष श्रीरामले कस्तो व्यवाहर गर्लान , सहजै अनुमान गर्न सकिन्छ । श्रीकृष्ण बारे यसै भन्न सकिन्न ।
उनी अवस्था हेरी , मनमनौजी र स्वस्फु्र्त छन । १६ हजार गोपीनीसंग फ्लर्ट गर्ने पनि उनै, गीता जस्तो महाग्रन्थ दिने पनि उनै । शान्तीको वकालत गर्ने , परिआए महायुद्धका निम्ति तैयार बस्ने , श्रीकृष्ण मलाई सधै कलरफुल लाग्छन ।
भगवान रामका रंग सधै उस्तै , श्रीकृष्णका रंग हजार !
देवताहरुमा मेरा लागी सधै प्रियतम छन - देवताका पनि देवता , महादेव र सबै रंग मिसिएर बनेको रंगको योगफल - भगवान श्री कृष्ण ।
उनी पर्फेक्ट छैनन । मलाई परफेक्ट कुराहरु बोरिङ लाग्छन । मलाई परफेक्ट देवतामात्र होइन , अरु मानिसमा पर्फेक्सन खोज्ने मान्छेहरु पनि बोरिङ लाग्छन ।
मलाई त साच्चिकैको चन्द्रमा चाहिन्छ । कागजको चन्द्रमा होइन , जस्मा कुनै दाग हुदैन ।
मलाई पर्फेक्ट कुरा बोरिङ मात्र होइन , झ्याउ लाग्छन । त्यस्तो पर्फेक्सन
खोज्नेहरु पनि ..
राधे राधे ! भगवान श्रीकृष्णकी जय !
कुरा धैर्यताको हो असम्भव भन्नेकुरा के नै रछ र Khalti र IME Pay त एक भए हामी किन निराश भैहाल्ने ? प्रतिक्षाले धैर्यताको परीक्षा लिई निराशाको ढोका पार गराइपो हाल्छ कि ।
क्न्जुस भएर स्मार्ट देखिने नयाँ अलौकिक अविश्वसनिय उपाय भनेको साथमा चार्ज नटिक्ने i-Phone लिने, पर्स नबोक्ने अनि खाजा खाएपछि साथी तिर फर्केर fonepay मा थियो, फोन off भयो तिर्दे है आज भन्नि ।
sorry but not sorry .