राजाले एउटा गल्ती गर्दा उसले आफ्नो बिरासत सहजै छोडेर साधरण जिवनशैलीमा फर्किए र पनि उ अरास्ट्रीय तत्व रे अनि पाँचपटकसम्म प्रम भएर देशको लागि सिन्को नभाच्ने,बिदेशीको इशारामा चल्ने देउवा एन्ड कम्पनीलाई चै सफल र रास्ट्र्बादी मानिदिनुपर्ने हामीले?
यो युगका युवाले कुनै पनि ढंगको अत्याचार सहन सक्दैनन्|स्थितिलाई अनदेखा गरेर बलका भरमा सत्ता टिकाउन तिर लाग्ने हो भने फ्रान्स,अल्वानिया,बेल्जियम...मात्र होइन अरु देश पनि जल्न सक्छन,विश्व जल्न सक्छ|तर आन्दोलित युवाले जलायर आफ्नै सम्पदा सखाप पार्ने होइन कुसाशकको मेच थुत्नु पर्छ|
काङरेस,एमाले,माओवादीको शर्मनाक पतनको कारण केवल अल्गोरिदम र सामाजिक सञ्जाल मात्र होइन बढि जिम्मेवार फ्याक्टर दम्भ,नैतिक तथा आर्थिक भ्रष्टाचार हुन|विस्फोट अवश्यम्भावी थियो भयो तर कर्मीय नतिजाले बताउदैछ सट्टामा जे आउनु पर्थ्यो आएन|
जनतामा स्वस्फूर्त जागृति आउनु परो;नेता र पार्टी पतन हुने भनेको स्वार्थी,अवसरवादी पेशेवर भाटहरुको अनपेक्षित सल्बलाहटले हो,चरम् स्तुतिले हो र अतिशयोक्तिले हो|
पञ्चायत कालमा मृत्यु हत्केलामा राखेर दरबारका विरुद्ध लेख्ने,नमिता सुनिता काण्ड लगायत उजागर गर्ने निडर पत्रकार थिए पदम ठकुराठी आज हामी माझ उसरीनै जोखिम मोलेर कलम चलाउने खोज पत्रकार किशोर श्रेष्ठ छन|यी दुबै नेपालको पत्रकारिता इतिहासमा स्मरणीय नाम हुन|
टुइटरका अनन्य मित्र लगायत देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीमा विजया दशमी २०८३ को मङ्गलमय शुभकामना!तपाईं र तपाईंको परिवारलाई नवदुर्गा भवानीले कल्याण गरून्!!
खोजमूलक पत्रकारिताको क्षेत्रमा नेपालकै सर्वोत्कृष्ट मिडियाको रुपमा काम गरेकोमा"जन आस्था"लाई धेरै धेरै धन्यवाद र अदम्य साहसकासाथ लागिरहेको यो मिडिया आगामी दिनमा अझ बलियो र प्रभावशाली बनोस् हार्दिक शुभकामना!"प्रेस स्वतन्त्रता जिन्दावाद"
@cooolsunil16 अनि कुन नौलो कुरा भयो त?देश बिदेश बाट मान्छेले सरकारी ढुकुटीमा अरबौ पैसा जम्मा गरिदिएका छन,राज्यले केही पैसा मात्रै हैन उनीहरुको लागि नाना,छाना र खानाको व्यवस्था गरिदैनै पर्छ
१८२सिटको बलियो सरकारले उस्को भाष्य अनुसार विज्ञापन मार्फत जान्नेलाई छानेर सिफारिस गरेका १३ राजदूत मध्य संसदीय सुनुवाई समितले सर्वसम्मतिकासाथ १ जनलाई स्थगित र २ जनालाई अस्वीकृत गरे पछि सरकार गम्भीर नैतिक संकटमा परेकोछ|
विपक्षीले यसै पनि विरोध गरि हाल्छ नि आफ्नो दललाई सच्च्याउने हो भने झोला फालेर रुखले रुखको,सुर्यले सुर्यको,घण्टीले घण्टीको....गलत रवैयाका विरुद्ध निर्मम विरोध गर्नुस जस्को विकासले गलतलाई निकास दिन्छ|अन्धभक्ते झोला बोकेर तथ्यपूर्ण बिरोध गर्नेहरु माथि नखनिनुस्|
संसदीय सुनुवाइ समितिले सरकारले सिफारिस गरेका १३ जना राजदूत मध्य नैतिक तथा चारित्रीक धब्बाको ऐना देखाएर इतिहासमै पहिलोपल्ट दुई जनाको नाम सर्वसम्मतिले अस्वीकृत गरेछ|यो सङ्लो,स्वतन्त्र र विवेकशील अभ्यासको सराहना गर्नै पर्छ|
मलाई त्यति धेरै प्राविधिक ज्ञान नभए पनि AIले बीभत्स गालिगलौज,अश्लील अपशब्द जस्ता चिज बोल्न सक्दैन भन्ने लाग्छ त्यसैले खगेन्द्र सुनार भन्नेले पिसाबको न्यानो झूट बोलेरAIलाई दोष भिराउनु भन्दा आत्म समर्पण गरेर साङ्लाकालागि दुबै हात तेर्साउदा हुन्छ|
राजमार्गका होटलमा खाना खाएर यात्रु बिरामी भए चालक र होटल मालिकलाई कारबाही गर्ने भन्ने निर्णय राम्रो छ तर सूचना मात्रै जारी गरेर भएन घना अनुगमन गर्नु परो|कमिसनको प्रलोभनमा होटल छान्ने चालकको चलन अन्त्य हुनु पर्छ र चालक होइन यात्रुले होटल छान्नु पर्छ यसो भएमा गुणात्मक सुधार आउँछ|
साँढे खगेन्द्र सुनार माथि पार्टीले अनुसन्धान सुरु गरेछ,आशा गरौ सुदन गुरुङ मार्काको छानबिन नहोस्|पार्टी संसंगै राज्यले पनि गिरफ्तार गरेर अनुसन्धान गरोस् र पीडित महिला लगायतले सम्बन्धित निकायमा जाहेरी दिएर राज्यलाई आधार दिउन्|सर्वसाधारणलाई राज्य व्युँझै भएको अनुभूति होस्|
खगेन्द्र सुनारको सार्वजनिक भएको त्रासदीपूर्ण अश्लील गालिगलौजयुक्त अडियो मुश्किलले सुने|त्यो कथित सांसदलाई तुरुन्त निलम्बन गरेर समातियोस् हदै सम्मको कारबाही गरियोस् तर त्यो भन्दा पहिले अहिलेनै ज्यान खतरामा परेका ती आमा र बालकलाई सुरक्षा दिईयोस्|