ए मान्छे !
कति हिड्छौ तिमी जीवनको भागदौडमा
आऊ एकैछिन बस
बिसाउ तिम्रा गलेका काँधहरु
भिजाउ तिम्रा सुकेका आँतहरु
एकैछिन रो��िनु भनेको
ढिलो हुनु कहाँ हो र !!
हुन त
तिम्रो गन्तब्यहलाई भेट्ने रहर
तिब्र हुन सक्छ
शिखरलाई चुम्ने चाहना
बेग्र हुन सक्छ
एउटा चित्रकारको
क्यानभासमा भेटेको थियौ हामी
सूर्यमुखी जस्तै पहेंलो तिमी
आकाश जस्तै निलो म
तिमी म संग मिसियौं
म तिमी सँग मिसिए
एउटा पूर्ण प्रकृती भयौ हामी
"��रियाली"
.
..
...आज छुट्टिन लाग्दा
तिमी को भएर छुटिन्छौ ?
तिमी कि म ?
कोही हामी भएर
कसरी छुट्टिन सक्छ ?