अनि प्रेममा हासिल
अर्थहिन बन्छ रे
थाहा छैन
रोजाईमात्र रोजाइ
थिए या प्रेम
तर यस्तो लाग्छ
यिनिहरुको समिपमा
म आफै निस्सासिदै छु
बाधिदैछु
त्यसैले मेरा प्रिय रोजाईहरु
अब मेरो तर्फबाट तिमीहरु
स्वतन्त्र छौ
र तिमीहरुको स्वतन्त्रता नै
यो अमुल्य श्वास हो ।।
कहिलेकाहीँ कति सस्तो
भईदि���्छ यो रोजाई
लाग्छ
कयौँ कठिनलाई पार गरेर
पाएको जस्तो
फेरि भईदिन्छ यो
मात्र हासिल
साँच्चै कति फरक छ
कसैलाई पाउनुमा
अनि कसैलाई
हासिल गर्नुमा
भन्छन् मान्छेले त्यही वस्तुको त्याग
गर्न सक्छ जसलाई उसले
असिमित प्रेम गरेको हुन्छ।।