निद्रा बिनाको यो छ्ट्पट्टि, बिहान सम्म न हो
कत्ति उक्लन्छ्स् बेचैनी तँ, शिरर्हान सम्म न हो
के हुनु खुसी, देखेर त्यी पुरा नहुने सपनाहरू ?
रहर जतिसुकै होस आखिर, चिहान सम्म न हो ।।
- मीन बहादुर सिर्मल
शत्रुलाई के भनु, दुःख दिने आफन्त का लात हरु हुन्,
ईश्वरलाई किन गाली गरुँ, घाती त मानिसका जातहरु हुन्,
पानी, पँधेरो, मन्दिर, मस्जिद लाई किन लगाउँछौ ताल्चा
जब रुढीवादिता मा जकडिएका तिम्रै हातहरू हुन् ।
घमण्ड किन गर्नु बुद्ध र सिताको देशमा जन्मेको भनेर जब बुद्धले देको ज्ञानको केइ अर्थ छैनर सीता जस्तै हजारौं नारी दिनदिनै बलात्कृत हुन्छिन भने!
-सुदर्शन के.सि
आफै भन्दापनि अझ विशेष हुनु छ
जलिसके नि काममा आउँ त्यस्तो अवशेष हुनु छ
चिया चुरोटको आदतले चियापसल गएको होइन म
आजपनि देशविकासको वैठकमा समावेश हुनु छ
-Suman Basnet
पल पलमा गिरगिटसरी रंग फेर्छन यहाँ,
अगाड़ी साथ दिए जस्तोगरी पछाड़ी छुरा गोप्छन यहाँ
संगै जिउने बाचा गर्नेले जिउदो लास बनाई जान्छन यहाँ
मानवको मुकुट लगाएर जानवरसरी ब्यवहार गर्छन यहाँ ,
म बिस्वास कस्को गरू महोदय,
सामान हैन मान्छे बिक्छन यहाँ ।
-Kritika kandel
ती चाउरी परेका हातले दशै आउनै लाग्दा रातोमाटोले घर रङ्गाए जस्तै तिम्रो "जिन्दगी" नामको घरमा "माया" नामको रातोमाटोले पोतेर चोख्याउने देवी हुन आमा!
आमा🙏❤️
✍सुजन बास्तोला
थाहा छैन कस्तो छु म कति सत्य , कति गलत
पहिलो भेटमा गलत बुझ्यौ कस्तो तिम्रो मति गलत
जबर जस्ती जिउने मर्ने बाचा अखिर किन गर्छै
आज तिमी आफै भन्छौ प्रेम सत्य , सती गलत।
-सुमन बस्नेत