"अहिंसा परमो धर्म "
२५७०औँ बुद्ध जयन्ती,१३७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (MAY 1st) र चण्डी पूर्णिमाको पावन अवसरमा सम्पुर्ण आमा,बुबा, दाजुभाइ एबम दिदिबहिनीहरुमा हार्दिक शुभकामना🙏🙏🙏
आज चैत्र १३ गते बिक्रम बाबा पूजा अर्चनाका लागि लाखौं भक्तजनहरूको उपस्थितिले संस्कृति संरक्षणमा आस्था बढ्दै गएको देखिएपनि व्यवस्थापकिय कमजोरीका कारण लामो समय ट्राफिक अवरुद्ध भएकोले यस वर्षको व्यवस्थापनको समीक्षा गरि आगामी वर्षका लागि तयारी गर्न जरुरी देखिन्छ ।
नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको असामयिक निधनले स्तब्ध बनाएको छ । यस दुखद घडीमा बुवा मोहनप्रसाद ओली प्रति भावपूर्ण श्रद्धाञ्जली 🙏।
साथै शाेक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना !
मतपेटीका संकलन नै सेनाको जिम्मा दिने निर्णय:
-अन्य सुरक्षा अंग माथि गरिएको अविश्वास
- अन्य सुरक्षा अंगको स्रोत,साधन र जनशक्तिको अभाव
- आन्तरिक सुरक्षामा पनि सेनालाई अग्र स्थानमा राख्ने यात्राको थालनी
- ?
सफल राजनीतिका लागि अनिवार्य पक्षहरू:
१) आदर्श, विचार, इमान र राष्ट्रप्रतिको निष्ठा।
२) विचारलाई नीति, योजना र एजेन्डामा रूपान्तरण गर्न सक्ने विवेकपूर्ण तथा तर्कशील शैली।
३) नीति, योजना र एजेन्डालाई कार्यान्वयन गर्न सक्ने भिजनरी नेतृत्वसहितको दक्ष टिम।
४) माथिका सबै पक्षहरूले आमजनतामा आर्जन गर्ने विश्वास।
यी चारै पक्षहरूको समष्टिगत प्रभावबाट सिर्जना भएको सकारात्मक लोकप्रिय लहरले मात्र मुलुकका लागि अर्थपूर्ण परिणाम दिन सक्छ। यो कुरा पुराना र नयाँ, दुवै प्रकारका राजनीतिक शक्तिमा समान रूपमा लागू हुन्छ।
हाल संसारमा युएनका सदस्य १९३ सार्वभौम राष्ट्र छन्। राष्ट्र बन्ने, टुक्रिने, गाभिने, पतन हुने प्रक्रिया निरन्तर चलिरहन्छ, तर राष्ट्र रातारात बन्दैन। भूगोल, समाज, सभ्यता, इतिहास, संस्कृति, परम्परा, भाषा र अर्थतन्त्र जस्ता विषयले कुनै भूभागलाई राष्ट्रको पहिचान दिन्छ।
सदियौँदेखिका हाम्रा पुस्ताको बुद्धि, विवेक, बलिदान र पौरखका कारण नै नेपालले सार्वभौम राष्ट्रको मान्यता पाएको हो। पुर्खाको नासो यस राष्ट्रको सभ्यता र मौलिक पहिचान जोगाउँदै विवेकपूर्ण रूपमा प्रगति सहितको राष्ट्र र समाजको व्यवस्थापन गर्नु अहिलेको पुस्ताको दायित्व हो। हेरौँ, हामी यो जिम्मेवारी कत्तिको निभाउन सक्छौँ।🤔