कसैलाई सुम्सुम्याउनु,
आफूलाई बिझ्न नदिइकन
बाटो दिनु जोसुकैलाई,
आफ्नो यात्रा नबिथोलिइकन,
कसैलाई माथि पु¥याउनु
आफूलाई तल खस्न नदिइकन,
कोही हाँसोस्, जति नै सुखमा
रुनु, मन भए,
आँशु थोपै नरोकिकन ।
मायापनि त्यसरी नै लागोस्,
जति अर्कोको लाग्छ,
त्यसको दोब्बर आफ्नो लागोस् ।