ठेकेदारलाई रुखमा बाँध्ने एजेन्डा अनुमोदित भएर बनेको सरकार/प्रधानमन्त्रीका मन्त्रीले खुट्टा भाँच्नु कुन नौलो कुरो भो र?
जनताबाटै स्वीकृत भएर आएको एजेन्डाअनुसार काम गर्ने मन्त्रीको विरोध किन?
गाउँले काका दु:ख कहन्छन-
"३ वर्ष देखि धान बिक्री भा छैन,दूधको पैसा पा छैन,कफीका गेडा उसै छैन,बाँदरले खेतबारी होईन भान्छाबाटै लुट्न थाल्यो,बारीका फलफूल उसै कुहिए,खेत बाँजै हुने भए -बलिया पाखुरा कोही छैन, रासायनिक मल वजारमा छैन,नयाँ नेता आए भन्छन,टिकटक र फेसबुकमा देश बन्छ भन्छन"।
बालेनले कामकाे प्राथमिकता बुझेनन्। सरकारकाे मुख्य काम मूल्यबृद्वि राेक्ने, इन्धन मूल्य अनुदान दिने, राेजगारी र आर्थिक विकास, सुशासन र डेलिभरि हुनु पर्थ्याे। ५ बर्षे सरकार यति अधैर्य हुन जरुरी थिए। कुबेला डाेजर आतंकमा प्रवेश गरेर मेयर मानसिकता प्रदर्शन गरे, लाखाैं मान्छे चिड्याए।
जनताका प्रतिनिधि जनता भन्दामाथी हुने गरी आफूले आफूलाई नै विशेषाधिकार प्राप्त उपल्लो दर्तामा राख्न खोज्दैछन्। जब जनतासङ्ग नै विशेषाधिकार छैन भने उसको (वारेस) संग कसरी हुन्छ ?
नयाँ संसदको सुरुवातसँगै संसदीय गतिविधिलाई सञ्चार माध्यमको पहुँच बाहिर राख्ने काम सुरु भएको छ। लोकतन्त्र र पारदर्शिताको मुख्य थलो संसद यसपटक ‘बन्द’ हुने दिशातर्फ उन्मुख भएको छ।
पत्रकारहरुले यसपटक संसदमा सूचनाका लागि होइन कि प्रवेशका लागि नै संघर्ष गर्नुपर्ने भएको छ।
चार दिन जनताका मुद्दा पन्छाएर बिहानदेखि बेलुकासम्म परेड खेलेपछि अन्तिममा थाहा भएछ, निर्णयको मुख्य कागजात नै रहेनछ
#कार्यक्षमता
चार दिन सुनुवाइ गरेपछि मुद्दा संशोधन गर्ने निर्णयविरुद्धको रिटमा कागज झिकाउन आदेश https://t.co/2NME1tRLjA
भोलि हुने राष्ट्रिय सभा सदस्यको मनोनयनमा दलहरूबीच कुरा मिलेन। सिट बाँडफाँडमा कुरा नमिलेपछि दलहरुले अहिलेलाई आफ्नो उम्मेदवारी दर्ता गर्ने समझदारी गरेका छन्। चुनावको दिनसम्म सहकार्यका लागि प्रयास गर्ने।