नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा ६ हजार ५८४ मत प्राप्त गरी निर्वाचित, उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ।हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु !
नेपाली काँग्रेसको असोज १८ गतेबाट सुरु हुने अधिवेशनको पूर्ण सफलताको कामना गर्दै गगन थापालाई सर्वसम्मतिले पुनः सभापति र विश्वप्रकाश शर्मालाई उपसभापति बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु !
नेपाली काँग्रेसको असोज ३ गतेबाट सुरु हुने १५औँ महाधिवेशनको पूर्ण सफलताको हार्दिक शुभकामना! आन्तरिक लोकतन्त्र, एकता र सहमतिसहित भव्य रूपमा सम्पन्न होस्। पार्टीले नयाँ ऊर्जा प्राप्त गरोस् !
जिन्दगीमा धन कमाउन सकिन्छ, तर गुमेको मान्छे फर्काउन सकिँदैन। मृतकको कानबाट सुन निकाल्नु जस्तो अमानवीय कामले हाम्रो समाजको संवेदनशीलता माथि प्रश्न उठाउँछ।
मृतकको शरीरलाई पनि अन्तिमसम्म सम्मान गरौँ।।
@setopati सुनसरी देवानगञ्जको दुःखद घटनापछि सबै पक्षले संयम, सद्भाव र एकता कायम गरौं। निष्पक्ष छानबिन, दोषीलाई कारबाही र भविष्यमा यस्तो घटना नदोहोरिने सुनिश्चित गरौं। #संयम_साथ_सद्भाव
सुनसरी देवानगञ्जको दुःखद घटनापछि सबै पक्षले संयम, सद्भाव र एकता कायम गरौं। निष्पक्ष छानबिन, दोषीलाई कारबाही र भविष्यमा यस्तो घटना नदोहोरिने सुनिश्चित गरौं।
म सर्वोच्च अदालतमा वरिष्ठताको मर्यादाको पक्षमा छु, किनभने भावी प्रधानन्यायाधीश को हुनेछ भन्ने अग्रिम स्पष्टताको अभावमा सर्वोच्च अदालतको आन्तरिक स्थिरता, निर्णय प्रक्रिया, अदालतको मनोबल र पदप्रति आशक्ति आदि कैयौँ कुरा प्रभावित हुने जोखिमले अन्ततः सबैभन्दा बढी नोक्सानी अदालत र नेपाल राज्यलाई नै गर्न सक्छ । त्यो जोखिम न्यून गर्ने कामनाले गर्दा पनि वरिष्ठताको परम्पराको अवधारणा ल्याइएको हो ।
भारतमा वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्ने परम्परा र व्यवस्था अकारण गरिएको होइन । भारतको सर्वोच्च अदालतमा पनि वरिष्ठताको परम्परा इतिहासमा नमिचिएको होइन । सन् १९६४, १९७३ र १९७७ मा अन्तिमपटक भारतको सर्वोच्च अदालतमा वरिष्ठताको अवधारणा मिचिएको थियो । त्यसपछि यो काम कहिल्यै भएन । त्यसका लागि संविधानको कुनै संशोधन गर्नु परेन ।
भारतमा प्रधानन्यायाधीश नियुक्त गर्ने जुन परम्परा छ, अमेरिकामा त्यो हुँदैन । राष्ट्रपतिले प्रधानन्यायाधीशलाई सोझै मनोनीत गरेपछि सेनेटले स्वीकृति दिएपछि नियुक्ति हुन्छ । लिखित संविधान नै नभएको देश बेलायतको आफ्नै परम्परा छ ।
नेपाली सेनामा प्रधानसेनापति वरिष्ठताका आधारमा नियुक्त हुने परम्परा छ । वरिष्ठ नै हुनुपर्छ भन्ने कुनै लिखित कानुन छैन । परम्परा छ । प्रचण्ड सरकारले नेपाली सेनामा रचाउन खोजेको असफल ‘कटुवालकाण्ड’ हामीले बिर्सनु हुँदैन । म तपाईंहरू सबैलाई एउटा सवाल सोध्न चाहन्छु, जो मेरो मनमा आएको छ– ‘के आज संवैधानिक राजा गद्दीमा भएका भए सर्वोच्च अदालतमा यति सजिलै वरिष्ठताको परम्परा मिचिन्थ्यो, जसरी अहिले मिचियो ?’
यो भनिरहँदा मेरो मनमा न सपना मल्लप्रति कुनै विशेष अनुराग छ, न मनोज शर्माप्रति कुनै विशेष द्वेष । न म हाल राष्ट्रपति सम्माननीय रामचन्द्र पौडेलज्यूलाई व्यंग्य गर्ने धृष्टता गर्दै छु । पद ठूलो भएर मात्र नहुने रहेछ । आफ्नो पदको गरिमाप्रति सचेत रहनु, त्यसको स्वाभिमान कायमै राख्न सक्नु बेग्लै कुरा रहेछ ।
‘के आज संवैधानिक राजा गद्दीमा भएका भए सर्वोच्च अदालतमा यति सजिलै वरिष्ठताको परम्परा मिचिन्थ्यो, जसरी अहिले मिचियो ?’ यो मनमा आएको एउटा निर्दोष सवाल हो ।
मल्टिमिडीया कोलम 'अनकट' शहरमा जस्को चर्चा छ 😎
लोकतंत्र न्यायालय, कार्यपालिका र व्यवस्थापिका—बीचको सन्तुलन, मर्यादा र पारस्परिक सम्मानमा टिकेको हुन्छ। न्यायालयले कानुनको रक्षा गर्छ, कार्यपालिकाले शासन सञ्चालन गर्छ र व्यवस्थापिकाले कानुन निर्माण तथा सरकारमाथि निगरानी राख्छ। जब यी संस्थाहरू आफ्नो सीमा नाघेर एकअर्काको घाँटी …!