लघुकथा: पैसो
कमिजको टुप्पोमा मिठाई टोकेर, खादै गरेको सिङ्गो रोटि आधा पारेर बाडेर खाएर हुर्किएको आफन्त एकदिन भन्छ
अलिकती जग्गा लिनुपर्यो २ अढाई लाख जति सहयोग गर त!
केही बर्स अघिमात्र युरोप गएको आफन्त उसका लागि आधा महिना��ो कमाई होला...।तर मलाई त नेपालमा ५ बर्ष लाग्छ,यति पैसा जम्मा गर्न।अहिले त छैन यार म सग, केही समय लाग्छ ।मन पनि नदुखाओस कुरा पनि बुझोस भनेर कुरा घुमाए..।हो र...छोटो जवाफ आयो!
अनि कुरा यति मै सकियो....
त्यसपछी पहिला महिनामा ४ ५ पटक कल अनि लामा लामा मेसेज हुने आफन्त सग बर्ष दिन जति नै भो बोलचाल नभएको कुरा कानी नभएको...।पैसाको मुख कालो हुन्छ भन्थे हो रहेछ!
दिउ आफू नाङ्गो
नदिउ आफन्तं बाङ्गो
एउटा हेलिकप्टरमा ४ जना मान्छे मरे भने तिनीहरूलाई खोजतलास गर्न राज्यको सारा शक्ति प्रयोग गरेर खोज्छ, छानबिन समिति गठन गर्छ राज्यले तर २ वटा बस भरिका यात्रु मर्दा ३-४ दिन सम्म अत्तोपत्तो छैन। राज्यको बर्ग विभेद भनेको यहि हो।😢😢
यहाँ कतिपय आवस्यकताहरु रहरमा होइन बाध्यतामा जन्मिन्छ्न दिदिको चारतले घर छ भने बहिनिको सके पाँच तले नभए त्यही बराबरको घर अनि दाइको बाइक छ भने भाइको सके कार नभए त्यही बाइक भएपनी कम्पलसरी नै हुन्छ यति भएन भने परिबारमा त अटाइएला समाजमा अटाउन सकिँदैन हाम्रो समाजको वास्तबिकता यहि हो ।
साथ कस्ताको लिने र फ्लो कस्लाइ गर्ने यो पढ्नुहोस र आफ्नो कर्तव्य संझिनुहोस ल
आइन्स्टाइनको ड्राइभरले एक दिन आइन्स्टाइनलाई भने, "सर, तपाईंले हरेक सभामा दिएको भाषण मैले कण्ठ गरेको छु।"
- आइन्स्टाइन छक्क परे!
त्यसपछि उनले भने, "ठीक छ, म अर्को बैठकमा कहाँ जाँदैछु, उनीहरूले म��ाई चिन्दैनन्, तपाईंले मेरो ठाउँमा भाषण दिनुहोस् र म चालक हुनेछु।"
भोलिपल्ट बैठकमा त्यस्तै भयो, चालक स्टेजमा चढे र चालकले आइन्स्टाइनले जस्तै भाषण दिन थाले ।
दर्शकले चर्को ताली बजाए । त्यसपछि चालक आइन्स्टाइन हो भनी सोच्दै कारमा आए ।
त्यसपछि एकजना प्रोफेसरले चालकलाई सोधे, "सर, तपाईले भनेको कुरालाई एक पटक फेरि संक्षेपमा भन्नु हुन्छ?"
- वास्तविक आइन्स्टाइनले ठूलो खतरा देखे !!
यसपाली चालकला��� पक्रनेछ । तर चालकको जवाफ सुनेर उनी छक्क परे ।
चालकले जवाफ दियो । -"तपाईलाई यो साधारण कुरा थाहा भएन ?
मेरो ड्राइभरल���ई सोध्नुहोस् उसले तपाईलाई व्याख्या गर्नेछ "
Note: "बुद्धिमान मानिसको साथमा हिड्यौ भने तिमी पनि बुद्धिमान बन्छौ र सधै मुर्खहरु संगै हिड्ने हो भने तपाईको मानसिक र बौद्धिक स्तर र सोच पनि उनै जस्तै बन्छ...!!
यहाँ कतिपय आवस्यकताहरु रहरमा होइन बाध्यतामा जन्मिन्छ्न दिदिको चारतले घर छ भने बहिनिको सके पाँच तले नभए त्यही बराबरको घर अनि दाइको बाइक छ भने भाइको सके कार नभए त्यही बाइक भएपनी कम्पलसरी नै हुन्छ यति भएन भने परिबारमा त अटाइएला समाजमा अटाउन सकिँदैन हाम्रो समाजको वास्तबिकता यहि हो ।
कहिलेकाहीं आफैसँग सोध्न मन लाग्छ आफ्नो जीवन अनि भोगाई को बारेमा, अनगिन्ती प्रश्न सिर्जना हुन्छन् तर अधिकांश प्रश्नहरू अनुत्तरित भेटिन्छन् , अनि ऐनाको अगाडी खडा भएर आफ्नै मनसंग माफि माग्छु अरूलाई खुशी पार्ने बहानामा कयौं पटक आफ्ना खुशी र इच्छाहरुलाई निमोठेकोमा।।
मान्छेहरूको लागि तपाईं तबसम्म राम्रो लाग्नुहुन्छ जब सम्म उनिहरुको आशा पुरा गरिरहनु भएको हुन्छ।तपाईंको लागि सबै मान्छे तबसम्म राम्रो छन् जबसम्म तपाई उनीहरूसँग कुनै आशा राख्नुहुन्न। एकपटक आशा राख्नुस् ,अनि सबैको वास्तविक पहिचान छर्लङ्ग हुनेछ।
पहिलो सफलता प्राप्त गर्ने बित्तिकै आराम नगर्नुस् किनकी यदी तपाईं दोश्रो पटक असफल हुनु भयो भने "त���यो पैलो पटक त चान्सले पो सफल भएका हौ" भन्नलाई सयौ ओठहरु पर्खि बसेका छन।
आफ्नाकाे अपमान अनि मनमा परेको गहिरो चोटले कि त मान्छेलाई नराम्ररी टूटाई दिन्छ कि त सफलताको लागि धेरै हिम्मत अनि हौसला जुटाई दिन्छ बस रोजाई तपाईंको......