हालै एकजना साथीले मलाई ���ोधे: “तिमी ब्राह्मण हौ, अनि किन सधैं धर्मनिरपेक्षता र जातीय विभेदको कुरा गर्छौ?”
उत्तर सरल छ।
म ब्राह्मण परिवारमा जन्मिएको हुँ। जन्म संयोग हो, उपलब्धि होइन।
यदि कर्म र सेवाले हाम्रो पह��चान निर्धारण गर्छ भने, म चिकित्सक हुँ। मेरो काम सेवा गर्नु हो। त्यसैले म शूद्र हुँ, र यसमा मलाई गर्व छ।
समस्या म कुन जातमा जन्मिएँ भन्ने होइन।
समस्या त्यो समाज हो, जो अझै पनि जन्मका आधारमा मानिसको मूल्य र हैसियत तोक्ने अहंकार पालेर बसेको छ।
नेपाल जातिमुक्त छैन।
नेपाल अझै पनि गहिरोसँग जातिवादी छ।
दुःखको कुरा, यही नै अझै हाम्रो समाज हो।