बालेनले आगो तापेको भिडियो आयो तर पत्रकार बेहोस भएर लडेको भिडियो आएन। बालेनले क्रस फायर बाइक चढेको भिडियो आयो तर पत्रकार एम्बुलेन्स चढेको भिडियो आएन।
किन?
हृदयेन्द्र शाह
सभ्य, शालीन हुनु हुँदो रहेछ
संस्कारी हुनु हुँदो रहेछ
किनकि उहाँ पनि
मान्छे जस्तै बोल्नु हुँदो रहेछ।
हलो जोतेर
घाँस काटेर
बाख्रा पालेर
राम्रो बन्न खोज्ने देशद्रोहीहरू
तँ पनि अब बोल्न सिक।
तँ बोलिस् भने
गणतन्त्र हल्लिन नसके पनि
कम्तीमा
खसीको गेडा त हल्लिन सक्छ।
सुरक्षाको घेराभन्दा बाहिर प्रचण्ड हिँड्न सक्दैनन् भन्नेहरू थिए। प्रचण्ड जनताको घरदैलोमा जान डराउँछन् भन्नेहरू पनि थिए। तर, आज प्रचण्ड प्रत्येक दिन बिहान बाटोमा एक घण्टा मर्निङ वाक गर्दै हिँडिरहेका छन्। जनताको घर-घरमा पुगेर फूलको थुँगा ग्रहण गरिरहेका छन्।
कसैले नसोचेको काम गरेर देखाउने पात्र- प्रवृतिलाई नै वास्तवमा प्रचण्ड भनिन्छ।