देश दुःख र विपद्को कठिन घडीबाट गुज्रिरहेको बेला सरकारलाई जनताको साथ चाहिन्छ, र जनतालाई सरकारको भरोसा र सहयोग।यस्तो संवेदनशील समयमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर उद्धार, राहत र पुनर्स्थापनामा सबैको साझा प्रयास आवश्यक छ।हामी सरकारको साथमा छौँ। विपद्मा परेका नागरिकको साथमा छौँ। र,
जनताले भाषण होइन, नतिजा खोजेका छन्।
आश्वासन होइन, काम खोजेका छन्।
सत्ता होइन, जनताको हित पहिलो प्राथमिकता होस् भन्ने चाहेका छन् ।घण्टी बजाएर परिवर्तनको आवाज उठाउनु मात्रै पर्याप्त हुँदैन।अब त्यही परिवर्तन व्यवहारमा देखाउने जिम्मेवारी सरकारको हो। जनताको धैर्यको परीक्षा नलिनुहोस्।
खुट्टा भाँचिदिने पूर्वाधार विकास मन्त्रीको नाम चै याद भएन तर भोलीको दिनमा उहाँहरूले आफ्नो दुइटै खुट्टा जोगाएर बस्नुपर्ने दिन चै नआओस् ! जनताले त्यत्तिकै भोट दिएका होइनन् । अलिकति मतको कदर गरेर बोल्ने गर्नुस्।