चुनाव भएको ५ महिना भयो! अझै सरकार बनेको छैन।
- देशको ढुकुटी टट्टुटाट छ, ब्यवसायी-बैङ्कर सबै आन्दोलनमा छन तर अर्थमन्त्री छैनन्।
- प्रदेश नामकरणदेखि मिटरब्याजसम्म आन्दोलन चर्किएको छ तर गृहमन्त्री छैनन्।
- प्रधानमन्त्री एकैजनाले महिनौंदेखि १७ मन्त्रालय चलाईरहेछन । कुनै मन्त्रालयको काम केही हेर्दैनन्।
तर, छोरीको नगरपालिकामा बजेट रकमान्तर गर्न अर्थ मन्त्रालयको फाईल सदर गर्छन। उता बृफकेस बुझेर पुलिसका हाकिमको बढुवा रातारात हुन्छ।
- देश र जनताप्रति योभन्दा बढी मजाक के हुन सक्छ?
- आर्यघाट पुग्नै लागेको अर्थतन्त्रप्रती योभन्दा ठुलो खेलवाड के हुन सक्छ ?
- सरकारमा जानकै लागि यी पार्टीका गुट उपगुटको भागबन्डा मिलाउन नसकेको सजाय देश र जनताले भोग्नुपर्ने?
- सबैभन्दा ठुलो दल अनि प्रतिपक्षी दल के हेर्दैछ? साढेको झर्ला र खाउला भन्दै ढोक्सा थाप्दैछ्न।
यी नालायकको शाशनमा हाम्रो जुनि त जानेभयो गरिबै बनेर।
@DnesKazi