राष���ट्रको माया त हामी आम मान्छेलाई मात्रै
रहेछ,
सबैको भलो होस्,
उन्नति होस् भन्ने सोच कहिल्यै पूरै नहुने
रहेछ।
मन झिसिमिसी जलिरहेको छ,
आशाका लौहरू पनि धुँवाँमा हराइरहेका छन्,
जहाँ समृद्धिको सपना बोकेर हिंड्यौँ,
त्यहीँ दलदलेले हामीलाई थिचिरहेको छ।
म सधैं सोचिरहन्छु—
हाम्रा भविष्यका वकिल, प्रभावशाली व्यक्ति, डाक���टर, अभिनेता आदिले अहिले के गर्दै होलान्? कति जना राति अबेरसम्म किताबमा हराउँदै, आफ्नो सपना साकार पार्न संघर्षरत छन्? कति जना थाकेका छन्, निराश छन्, र जीवनका भारी बोकेर छोड्न चाहन्छन्?
ताती एउटा मुर्राको स्वागतमा, अर्को Bowling गरेको हेर्नमा।
एउटा विदेशीको गानामा मग्न हुन, अर्को दौडिदै किर्तिमान रच्न।
एउटा व्यवस्था परिवर्तन गर्न, अर्को यो भन्दा राम्रो केही छैन भन्दै कुर्लन।
एउटा विवस भई विदेशिन प्लेनमा, अर्को रमाइलो गर्न विभिन्न Trek मा
एउटा छत विनाको ओतमा
तय यहि छ जिन्दगीमा, कि कुनै चिजको तय छैन। यति रिस, राग, लोभ र घमण्ड ब्यर्थ छ किन? किन गर्नु अरूको मन खिन्न?
के लिएर आएको ��ियो र संगी? के लिई जान्छौ र? दुई दिनको जिन्दगी यो, बस दुई दिनको नै रहेछ जिउन।
अनवरत शासकीय उच्च ओहदामा रहँदा पनि आफ्ना सन्तान देश मै अड्याउन नसक्ने, कि अड्याए पनि गुण्डागर्दी, तस्करी र देशद्रोहमा गाभिन लगाउने नेता भनाउदाह��ु।
के, किन र कसको लागि राजनीति गर्नुहुन्छ?