भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा उपचाररत छन्।
https://t.co/Gzp8bxfFNS
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीभित्रको विवाद समाधान गरी एकताको वातावरण निर्माण गर्न पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा दायर गरेको पुनरावलोकनसम्बन्धी मुद्दा फिर्ता लिनुपर्ने बताएका छन्।
https://t.co/x8HRQ6VzG4
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन जेड आन्दोलनले अघि सारेका नागरिक अधिकार, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र समतामूलक समृद्धिका एजेन्डाबाट आफ्नो पार्टी पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
https://t.co/DOjI2xelVh
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिले नेपाललाई एक दशकदेखि मातृ तथा नवजातमा धनुष्टंकार उन्मूलनको अवस्था कायम राखेकोमा सम्मान गरेको छ ।
https://t.co/GI7v60eMdX
बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पुर्याउने विरुद्ध प्रहरी सक्रिय भएको छ ।
https://t.co/K3YqKvlTik
जेन जेड आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा जेन जेड शहीद कल्याणकारी समाजले काठमाडौँको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन परिसरमा स्मृति कार्यक्रम आयोजना गरेको छ।
https://t.co/NroVU51hOt
नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएको मतभेद समाधानका लागि पूर्वसभापति शेरबहादुर देउवासँग संवाद गर्न प्रयास गरे पनि भेटवार्ताको समय प्राप्त हुन नसकेको बताएका छन्।
https://t.co/dcRJJisRwl
दक्षिण कोरियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन दोस्रो त्रैमासिकमा अघिल्लो त्रैमासिकको तुलनामा ०.६ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।
https://t.co/zSPQBXlICh
रसुवाको हिमाली क्षेत्रमा गत भदौ १० गते आएको आकस्मिक बाढीले हिमाली जिल्लामा विपद्को जोखिम र त्यसको पूर्वानुमान तथा व्यवस्थापनमा थप सजग हुनुपर्ने सन्देश दिएको छ ।
https://t.co/gsWPC2UDPM
जेन जेड आन्दोलनको पहिलो वर्ष पूरा भएको अवसरमा जेन जेड फ्रन्टले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आन्दोलनबाट स्थापित अपेक्षा र शासन सञ्चालनबीच दूरी बढ्दै गएको निष्कर्ष सार्वजनिक गरेको छ।
https://t.co/cMsCZkRArq
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन्।https://t.co/W9aFZODCJT
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन् ।
https://t.co/a9j6L5iaEa
जेन जेड आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा २४ जना नागरिक अगुवा तथा मानवअधिकारकर्मीले आन्दोलनसँग सम्बन्धित विभिन्न छानबिन प्रतिवेदन सार्वजनिक गर्दै दोषीमाथि कानुनी कारबाही अघि बढाउन सरकारसँग माग गरेका छन्।
https://t.co/TtO5eaN2WK
आफ्नै नेटवर्क तथा पूर्वाधारमा करिब साढे तीन करोड रुपैयाँको क्षति व्यहोरेको वर्ल्डलिंकले बाढीपहिरो प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
https://t.co/BzbbQSHk4Y