दौ�� जिन्दगी कि दौडनु जिन्दगी हो?
ठहराव जिन्दगी कि यात्रारत?
गर्नु जिन्दगी हो कि जिन्दगी गर्नु हो!
सोचेर चल्दा जिन्दगी जिएनौ रे,
जिएर चल्दा जिन्दगी बारे सोचेनौ रे!
आखिर विरोधाभासवाद,जिन्दगी को स्वभाव कि नियति!!
प्रश्न म हो कि,यो मेरो प्रश्न ?
कि म प्रश्न हो?
अन्धकारमा सेतो पनि कालै देखिन्छ!भ्रम को पर्दा लागेपछि मानिस असत्य लाई पनि सत्य नै देख्दछ र उसको नजर मा त्यो नै सत्य हुन्छ,पारमार्थिक सत्य।सम्बन्ध को पनि नियति अक्सर यही दौर बाट गुज्रीरहेको हुन्छ,जसको अन्जाम अन��कौँ असमन्जसमा समाधिस्त हुन्छ।
नजरबिन्दु
बेला बेला पर्दा लाग्छ
मानिसको नजरमा
र नजरको नजरन्दाज गर्छ,
पछि दोष अरूलाई लगाउँछ,
आफूँ गल्ती हुन नसक्ने
अहमता को आडम्बर,
हारको अस्विकार र
प्रशोधन गर्न नखोज्ने
वा नचाहने
आफ्नै स्वभाव को उपज,
मानिसलाई नजरबिन्दु हुन्छ।
✍️@prashiddevk